Engineeer Khabar

टेलिकमले टेलिफोन तार भूमिगत बनाउने

तारै तारले सहर कुरुप बन्दै गएपछि नेपाल टेलिकमले यसको व्यवस्थापन गर्न टेलिफाेन तार भूमिगत विस्तारको योजना अघि सारेको छ । नेपाल विद्युत् प्राधिकरण तथा अन्य सरोकारवाला निकायले समेत दबाब दिएपछि काम भूमिगत विस्तारको प्रक्रिया अघि बढाइएको हो । अव्यवस्थित तार व्यवस्थापन गर्न सरकारले पटक पटक आग्रह गरे पनि अहिलेसम्म प्रभावकारी हुन सकेको छैन । अब भूमिगत बनाएर समस्याको दिगो समाधान गर्न लागिएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले बताइन् । ‘राजधानीका सडकमा टेलिकमको तार २० प्रतिशत मात्र छ, बाँकी केबलका तार हुन्,’ उनले भनिन्, ‘सडक किनारका पोलबाट तार हटाउने काम सुरु भइसकेको छ ।’ टेलिकमले हटाए पनि अन्य केबल सेवाप्रदायकका कारण समस्या उस्तै रहने उनको तर्क छ । प्राधिकरणले विद्युतीय तार प्रयोग भएका पोलमा अनेक तार नटाँग्न आग्रहसमेत गरेको छ । बिजुलीको पोलबाटै टिभी, इन्टरनेट, टेलिफोन तथा केबल नेटवर्कका तारले सहरको सैन्दर्य हराउँदै गएकाे प्राधिकरणकाे तर्क छ ।

Read more at: http://www.urjakhabar.com/archives/7332

Leave A Reply

Your email address will not be published.