Engineeer Khabar

पिन बन्यो नेकपाको पहिलो जनवर्गिय संगठन

0

ललितपुर, श्रावण १२ ।

नेकपाको पहिलो जनबर्गिय संगठनको रुपमा आज इन्जिनियरहरुको छाता संगठन पिनको गठन भएको छ। उक्त संगठनको घोषणा कम्युनिस्ट पार्टीका दुबै अध्यक्षहरुले संयुक्त रुपमा एक कार्यक्रमका बिच गरेका छ्न।

नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिचको एकीकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संगै ती दल आबद्ध विभिन्न जनवर्गीय संगठन र तल्ला कमिटीहरु पनि एकीकरण हुन थालेका छन् । बिभिन्न जनवर्गीय संगठन र मोर्चा संगठनहरुको कार्यक्रम सहकार्यमै भैरहेता पनि एकीकरणको घोसणा सभा भने प्रक्रियाको क्रममा रही-रहेको देखिन्छ ।
यसै बीच नेपाल कम्युनिष्ट पार्टीले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली को महाअभियानमा सक्रिय एवं उल्लेखनीय भूमिका इन्जिनियरिंग क्षेत्रबाट हुने कुरालाई मध्यनजर गर्दै नेकपा निकटका हजारौ इञ्जिनियर एवं आर्किटेक्टहरु आजबाट एउटै संगठन प्रोग्रेसीभ इञ्जिनियरीङ एशोशियशन नेपाल (पीन) (PEAN) मा आवद्ध भएको कुरा माननिय पम्फा भुसालले बताउनु भएको थियो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उक्त कार्यक्रममा प्रोग्रेसीभ इञ्जिनियरीङ एशोशियशन नेपाल (पीन) लाई बिशेष शुभकामना दिदै उक्त कमिटीमा पर्न सफल भएका बाजे पुस्ता देखि नाति पुस्तासम्मको सम्मिश्रणलाई बिशेष बधाई समेत व्यक्त गर्नु भएको थियो । त्यसका साथै उहाँले उक्त कार्यदलको प्रसस्त गृहकार्य पश्चात आएको नतिजा अनुरुप अध्यक्षमा सम्भुबहादुर श्रेष्ठ र महासचिवमा हरिराम पराजुलि रहने गरि कुल ९५ सदसीय कमिटी घोषणा गर्नु भएको थियो ।

नेकपाका बिभिन्न जनवर्गीय संगठनहरु मध्ये इन्जिनियरहरुको मोर्चा संगठन पहिलो र एकदम सहज ढंगले सौहाद्रपूर्ण वातावरणमा एकता सम्पन्न भएको बताउदै नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ज्युले सो गठनको लागि निर्मित कार्यदलका पम्फा भुसाल एवं गोकर्ण बिष्टलाई बिशेष धन्यवाद समेत प्रकट गर्नु भयो । त्यसै गरि आजको उक्त एकता घोषणा सभाले नेकपाले अङ्गीकार गरेको एकता , सामाजिक न्याय, समृद्धि र समाजवादको बाटो बैज्ञानिक रहेको कुरो प्रमाणित गरेको कुरा पनि दाहालले उल्लेख गर्नु भयो । बोल्ने क्रममा दाहालले प्राविधिक, बैज्ञानिक र विज्ञहरुबाट परिवर्तन प्रति, सामाजिक प्रति र रुपान्तरण प्रति सबैभन्दा बढी रुची देखिएको कुरा सुनाउदै खुसि प्रकट गर्नु भयो ।

साथै उक्त कार्यक्रमको प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले एकता घोषणा सभाबाट घोषित कार्यसमितिलाई बिशेष बधाई दिनुका साथ-साथै देश अहिले विकासको महाअभियानमा भएकोले यसमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने कुरा बताउनुभयो । त्यसै गरि विकासका काममा ढिलाइ कति पनि गर्न नहुने र गुणस्तरीयतालाई बिशेष ख्याल गर्नु पर्ने कुरा पनि उहाँले बताउनुभयो । जनताले देश अघि बढाउने अधिकार सहितको अभिमत सुम्पिएको हुनाले सरकारले त्यसबाट कत्ति पनि दाँया बाँया नगर्ने कुरा पनि प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । “अब जनतामा आत्मविश्वास बढाएर देश निर्माण गरिन्छ, जसरि पनि गरिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले पनि बधाई तथा शुभकामना प्रदान गर्दै हजारौको सङ्ख्यामा रहेका इन्जिनियरहरुलाई सम्बोधन गर्नु भएको थियो ।

आगामी इन्जिनियरिंग एशोसिएसनको निर्वाचन
नेपाल ईन्जिनियर्स एशोसिएसनको नयाँ दर्ता एवं नवीकरणको म्याद यस श्रावण मसान्तसम्म राखिएको सन्दर्भमा, आजको उक्त एकता घोसणा सभाले बिशेष महत्व संग-संगै उपस्थित इन्जिनियर-आर्किटेक्टहरुमा नयाँ जोश थपेको कुरा आयोजकले बताएका छन् । यस अघि नेपाल ईन्जिनियर्स एशोसिएसनको निर्वाचनमा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग प्रोफेसनल एशोसिएसन, नेपाल (पेपान) र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय ईन्जिनियर संगठन (नियोन) छुट्टा- छुट्टै चुनाबी मैदान मा होमिएका थिए । बिधार्थी संगठन एवं स्ववियु मा बर्चस्व रहिरहेको ट्रेन्ड र देशैभर प्राप्त स्थानीय, प्रदेश अनि केन्द्रको परिणामको आधारले प्रगतिशील ईन्जिनियरहरुको जमात बढ्दै गरेको कुरा अध्यक्ष सम्भु बहादुर श्रेष्ठ बताउछन । र यसै संगै आगामी निर्वाचनमा प्रगतिशील ईन्जिनियर एवं प्रजातन्त्रवादी ईन्जिनियरको निकै रोमान्चक टक्कर पर्न सक्ने कुरा सजिलै आकलन गर्न सकिन्छ ।
नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी ईन्जिनियरहरुको संस्था सिडेन पनि भर्खरै सम्पन्न निर्वाचन मार्फत नयाँ नेर्तत्व चयन गरि नेईए निर्वाचनमा केन्द्रित भएको देखिन्छ भने माउ पार्टिहरुबिच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनिसकेको, गठबन्धन मात्र नभई एकिकृत रुपमै निर्वाचनमा होमिने अवस्था र स्थानीय देखि केन्द्र सम्म रहेको नेकपाको बहुमतको सरकारको कारण सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

फोटो फिचर

Hill Side Ad Banner

Leave A Reply

Your email address will not be published.