Engineeer Khabar

जल तथा उर्जा बहस चौतारी सम्पन्न

ललितपुर, श्रावण २५ ।

“Role of Solar Energy Sector in 21st Century, Nepal” बिषयमा जल तथा उर्जा बहस चौतारी सम्पन्न भएको छ । उक्त कार्यक्रम जल तथा उर्जा परामर्शदाता संघ नेपाल (WECAN) र सेन्टर फर इनर्जी स्टडिज (CES) , ई.अ.सं , त्रि . वि को संयुक्त आयोजनामा पुल्चोक क्याम्पसको CES हलमा भएको थियो जसमा कार्यपत्र प्रस्तोताको रुपमा सफल सौर्य ऊर्जा व्यवसायी एवं सौर्य उर्जा विज्ञ, नबिन भुजेलको प्रस्तुती थियो ।

उक्त कार्यक्रमको अध्यक्ष्यता ई.खिमानन्द कंडेलले गर्नु भएको थियो भने प्रमुख आतिथ्य त्रि.वि., ई.अ.संका डीन प्रा. डा. त्रिरत्न बज्राचार्यले गर्नु भएको थियो । सोहि कार्यक्रममा ई. खिमानन्द कंडेलज्युले जल तथा उर्जा क्षेत्रको नीतिगत बहस चलाउने तथा नीतिगत सुधार, कार्यक्रमगत सुधारको लागि व्यापक बहस चलाउने प्रारम्भिक जानकारी गराउदै कार्यपत्र प्रस्तुत गर्न सौर्य उर्जा विज्ञ नबिन भुजेललाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रमको कार्यपत्र प्रस्त्रोता सौर्य उर्जा विज्ञ नबिन भुजेलले अन्य देशहरुमा सौर्य उर्जालाई प्रबल/महत्व श्रोतको रुपमा हेरिएको र बिगतको १० बर्ष यता ५० वा सो भन्दा गुणाको दरले सौर्य/सोलार क्षमता बढेको जानकारी गराउदै नेपालमा भने सो रफ्तारका साथ काम नभएको बताउनुभयो । नेपालमा भने अफ ग्रिड सहित करिब ५० मेगावाट सौर्य प्लान्ट जडान भएको र अन ग्रिड सिस्टममा करिब ३ मेगावाट सौर्य प्लान्ट जडान भएको छ ।
नेपालमा सौर्य उत्पादनमा बृद्दी हुन नसकनुको मुख्य कारण सौर्यलाई केवल ब्याकप बिकल्पको रुपमा मात्र हेरिनु हो भन्दै अबको समय निकै नै उपयुक्त रहेको (लोडसेडिङ मुक्त भएको अवस्थामा) र यस दौरान ठुलो छलांग मार्नु पर्ने सौर्य उर्जा विज्ञ नबिन भुजेलले बताउनुभयो । भौगोलिक हिसाबले नेपाल सौर्यको लागि निकै नै उपयुक्त क्षेत्र मानिन्छ जसमा बिशेषत मुस्तांग क्षेत्रमा ब्यापक सम्भाव्यता मानिन्छ । न्यून वातावरणीय असरका हिसाबले, प्रकृतिबाट सहज तरिकाले प्राप्त गर्न सकिने, कुनै किसिमको ड्याम बनाउन नपर्ने, चाडै बनाउन सकिने, मर्मत खर्च कम लाग्ने, भूकम्पीय क्षेत्रमा पनि खासै असर नपर्ने, ग्रामिण तथा बिकट क्षेत्रमा जहाँ जनसंख्या पनि छरिएको र थोरै हुन्छ उक्त क्षेत्रमा पनि प्रयोग गर्न सकिने हुदा र हालको उर्जा व्यवस्थालाई थप मजबुत गराउनको लागि पनि नेपालमा सौर्य उर्जाको महत्व धेरै रहेको पाइन्छ । एकै उर्जा श्रोतमा निर्भर रहदा यदि सो श्रोतमा केहि गडबडी आएमा उर्जामाग धान्न गाह्रो पर्ने हुदा, अन्य उर्जा श्रोतको पनि भूमिका महत्वपूर्ण हुने देखिन्छ । जस्तै प्राकृतिक प्रकोपले पनि उर्जा श्रोतलाई असर पार्न सक्ने हुदा अन्य श्रोतलाई पनि त्यसको परिपुरक तथा इन्जेक्टइंग विकल्पको रुपमा बिकाश गर्न अत्यावश्यक छ । त्यस्तै गरि PROR जलश्रोत प्रोजेक्टमा बिशेष गरि सुक्खा सिजनमा दिउसको समयमा सौर्य बाट उर्जा इन्जेक्ट गरेर रात्रिको समयमा उक्त प्रोजेक्टलाई चलाउन सकिन्छ ।

ग्रामिण क्षेत्रमा अफ-ग्रिड सिस्टममा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको स्थापना भएपछि कामहरु हुदै आइरहेको छ तर उक्त सेवालाई अझ शशक्तिकरण र प्रवर्द्धनको आवश्यकता छ । हालसम्म आठ लाख भन्दा बढी साना सोलार होम सिस्टम जडान गरिसकिएको र अन्य पम्पिंग लगायतको सुबिधाहरु प्रदान गर्दै आएको कुरा तथ्यांकले बताउछ । त्यसतै गरि, यदि नेपालले १०० मेगावाटको सौर्य उर्जा ग्रिड मा ल्याउन सकेको खण्डमा, झन्डै झन्डै १६ करोड चालिस लाख युनिट उर्जा एक बर्षमा उत्पादन गर्न सकिन्छ जसले लगभग १.५ अर्ब जोगाउन सफल हुन सक्दछ, जसले हालमा भारत देखि ल्याइएको बिजुलीलाई प्रतिस्थापन गर्न सक्दछ र ग्रिड भोल्टेज एवं फ्रिक्वेन्सी स्थिर गरि त्यसको बिश्वशनियता बढाउन सक्दछ । आगामी दिनमा, देशमा यदि उधोग, कलकारखानाको उल्लेखनीय रुपमा वृद्धि हुने अवस्था रहेको खण्डमा, दिवा समयको लोड बढ्ने हुदा सो समयमा यस सौर्य उर्जा निकै नै पूरक साबित हुने देखिन्छ ।

राष्ट्रिय उर्जा संकट निवारण तथा बिधुत बिकाश सम्बन्धी दस्तावेज २०७२मा दुई बर्ष भित्र २०० मेगावाट सौर्य तथा बायु उर्जा जडान गर्ने प्रतिबद्धता गरेको पाइन्छ । त्यस्तै गरि २०७४ सालमा जारी स्वेत पत्रमा उर्जा तथा जलश्रोत दसक बनाउने (२०७५ देखि २०८५ , जसमा प्रति व्यक्ति ७०० खपत युनिट प्रति बर्ष लाई बढाएर १५०० युनिट बनाउने) , तीन बर्षमा बिधुत मा आत्मनिर्भर हुने , “नदि किनारका गरा सदा हराभरा” , भूमिगत जलश्रोतलाई पनि सौरिकरण गर्ने, तीन बर्षमा ३००० मेगावाट, पाँच बर्षमा ५००० मेगावाट र १० बर्षमा १५००० मेगावाट, एक प्रदेश एक बिघा प्रोजेक्ट, प्रदेश नं २ मा २०० मेगावाट सौर्य उर्जा प्लान्ट जडान गर्ने , हरेक घर उर्जा घर बनाउने लगायतका बिभिन्न प्रतिबद्धता गरिएको देखिन्छ तर यी सबै प्रतिबद्धतागरिराख्दा चुनौती र अवसर दुवै पाटो लाई बिशेष ध्यान दिनु पर्छ भन्दै सौर्य उर्जा विज्ञ, नबिन भुजेलले आफ्नो प्रस्तुति अन्त्य गर्नु भयो ।

त्यस्तै क्रममा उक्त कार्यक्रममा सौर्य विज्ञ दिपेश श्रेष्ठ ज्युले पनि आफ्ना अनुभव संग-संगै समय, महशुल र प्रविधिलाई बिशेष ध्यान दिनु पर्ने कुरा राख्नु भयो । ब्याट्री बाट बातावरण र स्वास्थ्यमा कस्ता प्रभाब पर्न जान सक्छ भन्ने खुल्ला फोरमको जिज्ञासामा उर्जा विज्ञ, नबिन भुजेलले लिड ब्याट्री रिसाइकल गर्न सकिने कुरा राख्नु भयो । त्यसतै गरि, उक्त कार्यक्रममा बैकल्पिक उर्जा विज्ञ मधुसुधन अधिकारी ज्यु, ने.वि.प्रा. का लोड डीसप्याच सेन्टरका ई सुशील पौडेल, बैकल्पिक उर्जा विज्ञ विश्व भुसन अमात्य, सौर्य विज्ञ (AEPC /RERL) जीवन कुमार मलिक ज्यु र हाइड्रो विज्ञ प्रदिप गंगोल ज्युले आफ्ना अनुभब संग-संगै यस किसिमको कार्यक्रम आयोजनाले राम्रो क्षमता अभिवृद्धि हुने कुरा बताउनु भयो । सोहि कार्यक्रममा डा.अजय कुमार झा (CES) को तर्फबाट अबका चुनौती र हाम्रो कार्यदिशा स्पष्ट हुनुपर्ने कुरामा जोड दिनु भयो र कार्यक्रमको अन्तिम चरणमा कार्यक्रमका प्रमुख अतिथि ई.अ.सं , त्रि . वि का डीन, प्रा.डा. त्रि रत्न बज्राचार्यले उक्त ई.अ.संबाट शुरु गरिएको रिसर्चले निकै सान्दर्भिकता पाएतापनि सबैतिर बाट हातेमालो गर्न र रिसर्चको कुरालाई बिश्वास गर्न धेरै समय लागिएको कुरा बताउनुभयो । ई.अ.सं अन्तर्गतको निकायबाट अध्ययन, अनुसन्धान निरन्तर रुपमा गर्दै बिभिन्न स्टेकहोल्डर संग सहकार्य गर्दै अघि बढ्नु पर्ने अबको आश्यकता औल्याउदै प्रा.डा. त्रि रत्न बज्राचार्यले सम्पूर्णमा यस्ता किसिमको कार्यले क्षमता अभिवृद्धि हुने कुरा बताउनु भयो ।

फोटो फिचर

Leave A Reply

Your email address will not be published.