Engineeer Khabar

IOEका आंगिक क्याम्पसहरुको सिटसंख्यामा वृद्धि

0

भाद्र ३, ललितपुर ।

भाद्र ३ मा प्रकाशित स्नातक (बी.ई./बी.आर्क.) तहको प्रवेश–परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धी जानकारी तथा निर्देशिकामा शैक्षिक सत्र २०७५ सालका लागि लक्षित भर्ना सङ्ख्या अघिल्लो बर्षको १५३६ मा ३३६ सिट थपेर १८७२ कायम गरिएको छ ।

यस जानकारी अनुसार, पुल्चोक क्याम्पसको कुल सिट ५२८ (२५२ नियमित, २७६ पूर्ण शुल्क) , थापाथली क्याम्पसको कुल ४३२ सिट (१०८ नियमित, ३२४ पूर्ण शुल्क), पश्चिमान्चल क्याम्पसको कुल ४३२ सिट (१०८ नियमित, ३२४ पूर्ण शुल्क) र धरान क्याम्पसको कुल ४८० सिट (१२० नियमित, ३६० पूर्ण शुल्क) बनाइएको छ । सो सिटहरुमा अपलाई गर्नको लागि admission.ioe.edu.np मा गएर भर्न सकिनेछ ।

पुल्चोक क्याम्पसमा यस बर्ष कम्प्युटर इन्जिनियरिंगमा सिट दोब्बर गरि, कुल ९६ सिट बनाईएको छ जसमा ३६ नियमित छ भने ६० पूर्ण शुल्किय बनाइएको छ । त्यस्तै गरि एरोस्पेस इन्गीनियारिंग नेपालमै पहिलो पटक संचालन हुदै छ जसमा कुल ४८ सिट निर्धारण गरिएको छ (१२ नियमित र ३६पूर्ण शुल्किय)। यसै संगै यस शैक्षिक शत्रका लागि पुल्चोक क्याम्पसको कुल सिट ५२८ (२५२ नियमित, २७६ पूर्ण शुल्क) निर्धारण गरिएको छ ।

थापाथली क्याम्पसमा यस बर्ष सिभिल इन्जिनियरिंगमा ४८ सिट थपी, कुल १४४ सिट बनाईएको छ जसमा ३६ नियमित छ भने १०८ पूर्ण शुल्किय बनाइएको छ । त्यस्तै गरि यस बर्षदेखि थापाथली क्याम्पसमा कम्प्युटर इन्गीनियारिंग पनि समावेश गरिएको छ जसमा कुल ४८ सिट निर्धारण गरिएको छ (१२ नियमित र ३६पूर्ण शुल्किय)। यसै संगै यस शैक्षिक शत्रका लागि थापाथली क्याम्पसको कुल ४३२ सिट (१०८ नियमित, ३२४ पूर्ण शुल्क) निर्धारण गरिएको छ ।

पश्चिमांचल क्याम्पस, पोखरामा भने यस यस बर्षदेखि अटोमोबाइल इन्गीनियारिंग पनि समावेश गरिएको छ जसमा कुल ४८ सिट निर्धारण गरिएको छ (१२ नियमित र ३६पूर्ण शुल्किय)। यसै संगै यस शैक्षिक शत्रका लागि पश्चिमांचल क्याम्पसको कुल ४३२ सिट (१०८ नियमित, ३२४ पूर्ण शुल्क) निर्धारण गरिएको छ ।

पुर्वान्चल क्याम्पस, धरानमा भने यस बर्ष कम्प्युटर इन्जिनियरिंगमा सिट दोब्बर गरि, कुल ९६ सिट बनाईएको छ जसमा २४ नियमित छ भने ७२ पूर्ण शुल्किय बनाइएको छ । त्यस्तै गरि मेकानिकल इन्जिनियरिंगमा पनि सिट दोब्बर गरि, कुल ९६ सिट बनाईएको छ जसमा २४ नियमित छ भने ७२ पूर्ण शुल्किय बनाइएको छ । यसै संगै यस शैक्षिक शत्रका लागि पुर्वान्चल क्याम्पसको कुल ४८० सिट (१२० नियमित, ३६० पूर्ण शुल्क) निर्धारण गरिएको छ ।

संचालित कार्यक्रमहरु
१) सिभिल इन्जिनियरिङ
२) इलेक्ट्रिकल इन्जिनियरिङ
३) इलेक्ट्रोनिक्स एण्ड इन्फरमेसन इन्जिनियरिङ
४) मेकानिकल इन्जिनियरिङ
५) कम्प्युटर इन्जिनियरिङ
६) एग्रिकल्चर इन्जिनियरिङ
७) इण्डष्ट्रियल इन्जिनियरिङ
८) जियोमेटिक्स इन्जिनियरिङ
९) आर्किटेक्चर
१०) अटोमोवाईल इन्जिनियरिङ
११) एरोस्पेस इन्जिनियरिङ

त्यस्तै गरि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन–प्राप्त कलेजहरूमा भर्ना हुनका लागि समेत इन्जिनियरिङ अध्ययन संस्थानद्वारा सञ्चालित प्रवेश–परीक्षा उत्तीर्ण हुन अनिवार्य छ । साथै सम्बन्धन–प्राप्त कलेजहरूले कुल भर्ना संख्याको १०% स्थानमा भर्ना लक्ष्य नवढाई इ.अ.सं.को नियमित सरहको शुल्क लिई भर्ना गर्नुपर्ने प्रावधान रहेको छ ।

त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ईन्जिनियरीङ्ग अध्ययन संस्थानको प्रवेश परिक्षाको नतिजा भाद्र १ गते प्रकाशित भएको थियो । करिब ११००० बिधार्थीहरु सम्मेलित भएको उक्त परिक्षमा ६३३५ बिधार्थीहरु उतिर्ण भएका छन् ।

श्रोत: http://entrance.ioe.edu.np/notice/download?filename=Entrance%20Information.pdf&contentType=pdf

Leave A Reply

Your email address will not be published.