Engineeer Khabar

बागलुङको उपल्लो विहुँ क्षेत्रमा होम स्टे अभियानको अभ्यास

भाद्र १३, ललितपुर ।

होम स्टेको प्रारम्भिक अभ्यासमा रहेको शिवधुरी होम स्टे काँठेखोला गाउँपालिका ५, ठान्डाँडामा आज यस अभियानका पहिला पाहुनाहरुको रुपमा नवीकरणीय ऊर्जा परिसंघका केन्द्रीय अध्यक्ष श्री गुणराज ढकाल (तनहुँ), सफल हाईड्रोपावर व्यवसायी एवं बरिष्ठ इन्जिनियर श्रीराम न्यौपाने, श्री निग्मा शेर्पा, संखुवासभा, शंकर आचार्य, चितवन र लोकराज सापकोटा ज्यू आईपुग्नु भएको छ ।

शिवधुरी होम स्टेको तर्फबाट श्री प्रेम श्रीस मगर (विहुँकोटे साईला), धु्रब केसी, प्रेम पुन, कोपिला पुन, भीम बहादुर विक, मन कुमारी पुन, सरिता पुन, तेज कुमारी कँडेल, मुक्तिराम विक लगायतले फुलमाला सहित स्वागत गर्नुभएको थियो ।

बरिष्ठ समाजसेवी प्रमानन्द कँडेल एवं काँठेखोला गाउँपालिका वडा नं ५ का वार्ड सदस्य श्री शिव कँडेल ज्यूले होम स्टेको संभावना र स्थानीय रुपमा भएको पहलकदमीको बारेमा धारणा राख्नुभएको थियो । यसै क्रममा विहुँकोटे साईलाको रुपमा आफ्नो परिचय बनाईसक्नु भएका श्री प्रेम श्रीस मगरले आफ्नो गीत मार्फत संक्षिप्त नाचगान कार्यक्रम समेत गरी होम स्टे अभियानका अगुवाहरुले पाहुनाहरुलाई विहुँका विभिन्न भागमा अवलोकन भ्रमण समेत गराउनु भएको थियो ।

यो होम स्टे अभियान हालको लागि ७ घरबाट शुरु गरिएको र होम स्टेको लागि चाहिने न्यूनतम पूर्वाधारहरु पूरा गरेको अवस्थामा र होम स्टे संचालनको अनुभवसँगै होम स्टेमा आवद्ध हुन चाहने थप घरधुरीहरुलाई समेत समावेश गर्दै जाने गरी समुदायले योजना बनाएका छन् ।

काठमांडौ, पोखरा, चितवन, बागलुङ बजार, गल्कोट, बुर्तिवाङ एवं अन्य स्थानबाट समेत मध्यपहाडी लोकमार्ग क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ भने उपल्लो विहुँमा स्थानीय जनताहरुले चलाउन शुरु गरेको शिवधुरी होम स्टेमा खाने, बस्ने र स्थानीय पर्यटकीय क्षेत्रहरुको अवलोकनको लागि निम्नानुसार सम्पर्क समेत गर्न सक्नुहुनेछ ।
प्रेम श्रीस मगर: ९८६०३१७५६७ ध्रुब केसी: ९८६७७७२१६१

Leave A Reply

Your email address will not be published.