Engineeer Khabar

“नेपाल अब भूपरिवेष्टित राष्ट्र मात्र रहेन”

२८ भदौ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको बताएका छन् ।

भाद्र २७ गते बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि चीनसँगको सहमति ठूलो अवसर भएको बताए । प्रम ओलीले चीनका बिभिन्न बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयात/निर्यात गर्न पाउने गरी सहमति भइसकेको कुरा पनि उल्लेख गर्दै नेपाल अब भूपरिवेष्ठित राष्ट्र मात्र नरहेको कुरा बताएका छन् ।

यही भदौ २२ गते बसेको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले उक्त मस्यौदालाई अन्तिम रुप दिएको हो । यसो हुँदा चीनले नेपाललाई आफ्ना ७ वटा बन्दरगाहमार्फत तेस्रो मुलुकसम्म वस्तु आयात/निर्यात गर्न दिन सहमति जनाएको थियो ।

यसो हुदा नेपालले धेरै लाभ लिन सक्ने कुरा बताउदै प्रम ओलीले नेपालमा बिभिन्न अवसरहरु थपिने जिकिर गरे । उक्त सहमतिले नेपालले चीनतर्फका ठूला बन्दरगहा प्रयोग गर्दै वैदेशिक ब्यापारमा पनि लाभ गर्न सकिने कुरा उनले बताए । नेपालको आर्थिक बिकाशमा उक्त सहमतिले ठुलो फाइदा पुराउने कुरा संग-संगै अब नेपालले समान आयात निर्यात गर्दा चीनका बन्दरगाह, रेल तथा अन्य मार्ग प्रयोग गर्न सकिने सहमति भएको कुरा बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक विकासको लक्ष्य पूरा गर्न भारत र चीनसँग मिलेर अगाडी बढे मात्रै सम्भब हुने कुरा बताए । त्यस्तै गरि चीन र भारत दुबै देशले काठमाडौँसम्म रेल ल्याउन चाहेको उल्लेख गर्दै दुबै देशसँग रेल विस्तारबारे पनि छलफल निकै अगाडि बढिसकेको बताएका छन् ।

 

Leave A Reply

Your email address will not be published.