Engineeer Khabar

बिद्यार्थीको पहिलो रोजाईमा पुल्चोक: सरकारीमा १५.५४  % र निजीमा ५२.८२% सिट रिक्त

0

त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ईन्जिनियरीङ्ग अध्ययन संस्थानका केन्द्रिय क्याम्पस, आगिंक क्याम्पसहरु एवं निजि कलेजहरुमा अहिले स्नातक तहको भर्ना चलिरहेको छ । तेश्रो भर्ना सूचिको भर्ना पश्चात सरकारी क्याम्पसहरुमा करिब १५.५४ % र  निजी क्याम्पसहरु तर्फ ५२.८२% सिट हरु रिक्त देखिएका छन् र समग्रमा ३६.११% सिटहरु रिक्त छन् ।

यस भन्दा अगाडी दोश्रो भर्ना सूचिमा भने सरकारी क्याम्पसहरुमा २२.१२ % सिट र निजी क्याम्पसहरु तर्फ ६८.३२% सिट हरु रिक्त देखिएका थिए । प्रथम लिस्ट पश्चात करिब करिब ६२% सिटहरु रिक्त हुन गएको थियो भने दोश्रो लिस्ट पश्चात अब करिब ४८% सिटहरु रिक्त देखिएको थियो र हाल तेश्रो लिस्ट पश्चात ३६% सिटहरु रिक्त देखिएका छन् ।

ईअसले लिएको प्रवेश परिक्षाको भाद्र १ गते प्रकाशित नतिजामा उर्तिण संगसंगै कक्षा १०+२ को हरेक बिषयमा न्युनतम “C” ग्रेड भएका बिधार्थीहरु मात्र भर्ना हुन पाइने नियम छ ।

यहाँ क्लिक गरेर ईअस प्रवेश परिक्षाको नतिजा हेर्नुहोस

सो नतिजा अनुसार अहिले त्रिवि अन्र्तगतका ४ सरकारी कलेज तथा १० वटा निजि कलेजहरुमा जम्मा ४१७६ सिटमा भर्नाका लागि आवदेन दिने झण्डै ६ हजार बिद्यार्थीहरु प्रयासरत रहेका छन् । एकीकृत भर्ना प्रणाली अनुसार बिधार्थीले दिएका आवेदनहरु केन्द्रीय पोर्टलमा प्रकाशित हुनेहुदा भर्ना हुने प्रक्रिया निश्चित नियम अनुसार नै हुने देखिन्छ । त्यसैले अहिले पढ्न चाहने बिद्यार्थी वा पढाउने कलेजले आफुले चाँहदैमा मात्र पढ्न पाईने अवस्था छैन । बिगतमा जेहन्दार बिद्यार्थीहरुले समेत रोजेको कलेजमा रोजेको बिषय पढ्न नपाएको गुनासो र कलेजहरुले प्रवेश परिक्षामा प्राप्त अंकहरुको आधारमा भन्दा पनि बढि पैसा र “भनसुन”को आधारमा भर्ना लिने अवस्था देखिएपछी ईअसले एकिकृत भर्ना प्रणालीको शुरुवात गरेको हो ।

एकीकृत भर्ना प्रणाली अनुसार (www.admission.ioe.edu.np), IOE का कुन कुन क्याम्पसहरुमा कति विद्यार्थी भर्ना भए वा कति सिट रिक्त छन् भन्ने जानकारी एक क्लिकमा हेर्न मिल्ने सुबिधा राखिएको छ ।

कहाँ, के कति भए भर्ना ?

तथ्यांकअनुसार पुल्चोक क्याम्पस पछिको दोस्रो रोजाईमा भक्तपुर स्थित ख्वप कलेज अफ ईन्जिनियरिङ्ग परेको देखिन्छ । पुल्चोक क्यामपसको ४.३६% सिट रिक्त छ भने ख्वप कलेजका जम्मा ६.२५ प्रतिशत सिट रिक्त रहेको छ । आँगिक क्याम्पसहरु मध्ये पुर्वान्चल क्याम्पसमा १३.३३%. पश्चिमाञ्चल क्याम्पसमा २०.१४ प्रतिशत र थापाथली क्याम्पसमा २७.०८ प्रतिशत सिट रित्त रहेको छ ।

भक्तपुर नरपालिकाको स्वामित्वमा रहेको ख्वप कलेज अफ ईन्जिनियरीङ्गमा चुस्त दुरुस्त एवं तुलनात्मक रुपमा नियमित पठनपाठन हुने साथै राजनीति वातावरण एकदम न्युन हुने हुँदा बिद्यार्थीको आकर्षण बढेको देखिन्छ । त्यसै गरि भक्तपुर लगायतका बिधार्थीहरुलाई बिशेष कोटा प्रायोजनले गर्दा पनि भत्तपुरका बिद्यार्थीहरुको रोजाईमा शिर्ष स्थानमा ख्वप पर्ने पर्दछ । थापाथली क्याम्पसको हकमा भने, सरकारी क्याम्पसमा पढ्न चाहनेले काठमाडौंमा उपत्यकामा अवस्थीत थापथाली र पुल्चोक दुबै तर्फ फर्म भर्ने हुँदा, पुल्चोकमा अवसर पाउनेले थापाथली छड्ने हुँदा त्यहाँको भर्नाको सिट तुलनात्मक रुपमा बढी रिक्त रहेको देखिन्छ ।

भाद्र २८, ४ :००  बजे सम्म ई.अ.स.को पोर्टलमा प्रकाशित जानकारी अनुसार निजी ईन्जिनियरीङ्ग कलेजहरु मध्ये कालिमाटी स्थित काठमाण्डौ ईन्जिनियरीङ्ग कलेज रोजाईका हिसाबले अग्र स्थानमा छ । कुल ३८४ सिट क्षमता भएको सो कलेजमा तेश्रो भर्ना कार्यक्रम सकिद सम्म २३६ जना बिद्यार्थी भर्ना भईसकेका छन् । त्यस पछि क्रमश हिमालयन कलेज, कान्तिपुर र क्याथ्फोर्ड कलेज प्राथमिकतामा परेको देखिन्छ भने नेसनल, एडभान्स, सगरमाथा, ललितपुर र जनकपुर कलेजहरुमा भने अँझै पनि ५० प्रतिशत भन्दा धेरै सिटहरु रित्त रहेका छन् ।

Hill Side Ad Banner

ख्वप कलेजलाई अलग राखेर ९ वटा निजी कलेजको भर्ना प्रतिशत हेर्ने हो भने, जम्मा ४२.९५ प्रतिशत  सिट मात्र भरिएको देखिन्छ ।

प्रथम, दोश्रो र तेश्रो चरणको भर्ना कार्यक्रम पश्चात पनि किन यतिका सिटहरु रिक्त भएको भन्ने आशंका धेरैमा लाग्न सक्छ । बिशेषत: सरकारी आंगिक क्याम्पसहरु पनि रिक्त सिट देखिनुको कारण, बिधार्थीहरुले एक वा सो भन्दा बढी कलेजमा फारम भरेको र भर्नाको लागि मेरिट अनुसार एकैचोटी दुई वा सो भन्दा बढी कलेजमा नाम निस्किएको हुदा र बिधार्थिले एकपटकमा केवल एक क्याम्पसमा मात्र भर्ना हुन पाउने नियम रहेको हुँदा यस्तो अवस्था देखिएको हो । त्यस्तै निजी कलेजमा भर्ना भएर, पछि सरकारी कलेजमा नाम निस्केपछि, निजी कलेजमा  भर्ना रद्द गरिएको उदाहरणहरु पनि थुप्रै देखिएको छ । तर पनि यसबाट के अनुमान गर्न सकिन्छ भने, निजी कलेजहरुप्रति बिधार्थीहरुको आकर्षण घट्दो रुपमा गइरहेको देखिन्छ । यसो हुनुमा सम्भवत कलेजको पास प्रतिशत, अत्याधिक फिस, पढाईको गुणस्तर, इन्फ्रास्ट्रकचर, त्यहाको पढ्ने वातावरण र पायक पर्ने ठाउँले धेरै नै फरक पारेको देखिन्छ ।

त्यसतै गरि केहि बिधार्थीहरु को रिजल्टमा D+ ग्रेड आएको र भाद्र १६ गते लियिएको अपग्रेड परिक्षको नतिजा नआइ सक्दा पनि केहि बिधार्थीले भर्ना लिन पाएका छैनन ।
यि कलेजहरुमा भर्ना हुनका लागि ईअसले लिने प्रवेश परिक्षा उर्तिण भएकै हुनु पर्ने नियम छ, जस अनुसार ईअसले लिएको प्रवेश परिक्षाको नतिजा गत भाद्र नौ गते प्रकाशन गरेको थियो ।

 

कुन बिषयको के प्राथमिकता 

पहिलो चोटी सुरु गरिएको एरोस्पेस इन्जिनियरिंगमा बिधार्थीले राम्रै इच्छा जाहेर गरेको देख्न सकिन्छ । पुल्चोक क्याम्पसमा मात्र पढाई हुने एरोस्पेस इन्जिनियरिंगमा नियमित तर्फ सबै सिट भरिएको र फुल फि(करिब ६ लाख पर्ने) अन्तर्गत ३६ वटा सिट मध्ये केवल ४ ओटा मात्र बाकि रहेको देखिन्छ ।
पश्चिमांचल क्याम्पसमा मात्र पढाई हुने जियोमटिकमा भने ४८ मध्ये केवल ६ ओटा मात्र बाकि रहेको देखिन्छ ।
त्यस्तै पुर्वान्चलक्याम्पसमा मात्र पढाई हुने एग्रिकल्चरल इन्जिनियरिंगमा केवल ४ ओटा मात्र बाकि रहेको देखिन्छ ।

यस बर्षको ई.अ.स. को प्रवेश परिक्षामा छात्रा तर्फबाट प्रथम स्थान हासिल गर्ने गौतमले पनि आर्किटेक्चर बिषय रोजेकी छिन  । पछिल्लो क्रममा, आर्किटेक्चर बिषयको महत्व बुझ्दै बिधार्थीको रोजाई आर्किटेक्चरतिर पनि बढ्दै गरेको देखिन्छ ।  तर पनि मेरिट लिस्टमा पछिल्लो क्रममा रहेता पनि यस बिषयमा सहजै भर्ना पाउन सकिने अवस्था भएको हुदा यस बिषय चाडै भरिने गरेको देखिन्छ ।

मेकानिकल तर्फ पनि बिधार्थीको प्राथमिकता अगाडी नै रहेको देखिन्छ ।  सिभिलतर्फ भने सदाझै यस बर्ष पनि राम्रो प्राथमिकता परेको देखिन्छ । कुनै समय थियो, ई.अ.स प्रवेश परिक्षामा राम्रो अंक ल्याउनेहरुको रोजाईमा ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन पर्ने गर्दथ्यो । तर पछिल्ला बर्षहरुमा यसप्रतिको आकर्षण घट्दै गएको देखिन्छ । तेश्रो सुचि अनुसार भर्ना भएका बिद्यार्थीको तथ्याङ्कका आधारमा पनि सबै भन्दा बढि अर्थात ६३.६१ प्रतिशत सिटहरु ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा रिक्त रहेको देखिन्छ । जनकपुर कलेजमा ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा ४८ सिट रहेको यस बिषयमा तेश्रो सुचिसम्म कोहि पनि भर्ना भएका छैनन् ।

यस पछाडीको  चौथो भर्ना कार्यक्रमको सूचना सम्पूर्ण कलेजले आफ्नो -आफ्नो वेबसाइटमार्फत निकाल्नेछ । र सम्पूर्ण जानकारी पाउनको लागि www.admission.ioe.edu.np  मा गएर हेर्न सकिनेछ ।

Leave A Reply

Your email address will not be published.