Engineeer Khabar

नेपाल ईन्जिनियर्स एशोसिएसनको निर्वाचनको मिति घोषणा: कडा प्रतिष्पर्धाको अपेक्षा

भाद्र २९, ललितपुर  ।

नेपाल ईन्जिनियर्स एशोसिएसनको आगामी निर्वाचन यहि  २०७५ साल मंसीर २८ गते हुने घोषणा भएको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसनको वेबसाइट(neanepal.org.np) मा प्रकाशित सूचना अनुसार नेपाल ईन्जिनियर्स एशोसिएसनको आगामी ३२ औं केन्द्रीय कार्यकारिणी समिति र सबै प्रदेश कार्यकारिणी समितिको निर्वाचनको प्रयोजनको लागी अर्को व्यवस्था नहुञ्जेलसम्म मुलुकभर देहाय बमोजिमका स्थानहरुमा मतदान केन्द्र तोकिएको छ ।

मतदान केन्द्र कायम रहने उपरोक्त स्थानमा हुने निर्वाचनको लागी आफूले मतदान गर्ने मतदान केन्द्र एकिन गरि छनौट गर्ने प्रावधान राखिएको छ । सो को लागि २०७५ असोज २९ गते भित्र निवेदन दिई मतदान गर्न चाहेको मतदान केन्द्र छनौट गर्न सकिनेछ । यदि मतदान केन्द्र छनोटको लागि केहि नगरेको अवस्थामा हो भने, गत २०७३ भदौ ३१ मा सम्पन्न ३१ औं कार्यकारिणी परिषद्को निर्वाचनमा मतदान गरेको मतदान स्थललाई नै आधार मानि साविककै मतदान केन्द्रमा संवन्धित मतदाताको नामावली यथावत कायम गरिनेछ ।

आगामी इन्जिनियरिंग एशोसिएसनको  निर्वाचनमा रोमान्च 

नेपाल ईन्जिनियर्स एशोसिएसनको नयाँ दर्ता एवं नवीकरणको म्याद समाप्त भई भोटिंग गर्न योग्य इन्जिनियर्स तथा आर्किटेक्चरको सुची प्रकाशन हुने क्रममा छ ।
यस अघि नेपाल ईन्जिनियर्स एशोसिएसनको निर्वाचनमा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिंग प्रोफेसनल एशोसिएसन, नेपाल (पेपान) र माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय ईन्जिनियर संगठन (नियोन) छुट्टा- छुट्टै चुनाबी मैदान मा होमिएका थिए भने यस बर्ष हालसालै भएको एकता पश्चातको  प्रोग्रेसीभ इञ्जिनियरीङ एशोशियशन नेपाल (पीन) बाट निर्वाचन होमिने देखिएको छ  ।
नेपाली काँग्रेस निकट प्रजातन्त्रवादी ईन्जिनियरहरुको संस्था सिडेन पनि भर्खरै सम्पन्न निर्वाचन मार्फत नयाँ नेर्तत्व चयन गरि नेईए निर्वाचनमा केन्द्रित भएको देखिन्छ । नेपाल ईन्जिनियर्स एशोसिएसनको ३१ औं कार्यकारिणी परिषद्को समितिमा पनि व्यापक उपस्थिति देखाएको यस समुहले फेरी पनि आफ्नो जित बरकरार राख्न लागिपरेको देखिन्छ ।यद्धपि प्रगतिशील समुहको माउ पार्टिहरुबिच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनिसकेको र प्रगतिशील समुहको जनवर्गीय संगठन (पीन) समेत निर्माण भई एकिकृत रुपमै निर्वाचनमा होमिने अवस्था र स्थानीय देखि केन्द्र सम्म रहेको नेकपाको बहुमतको सरकारको कारण सकारात्मक प्रभाव पर्न सक्ने देखिन्छ ।

र यसै संगै आगामी निर्वाचनमा प्रगतिशील ईन्जिनियर एवं प्रजातन्त्रवादी ईन्जिनियरको निकै रोमान्चक टक्कर पर्न सक्ने कुरा सजिलै आकलन गर्न सकिन्छ । चुनाबी माहोल अगाडी बढे संगै क-कसको उम्मेद्वारी कुन रुपमा आउने हो, त्यो भने हेर्न बाकी नै छ ।

यहाँ क्लिक गरि निवेदन डाउनलोड गर्नुहोस ।

 

निवेदनको नमुना 

 

Leave A Reply

Your email address will not be published.