Engineeer Khabar

प्रगतिशील इन्जिनियरहरुको दोश्रो बैठक पेरिस डाँडामा, के के भयो बैठकमा ?

0

भाद्र २९, ललितपुर ।

दुई कम्युनिष्ट पार्टीहरु नेकपा एमाले र एकीकृत माओवादी केन्द्रको पार्टी एकीकरण भएपश्चात पहिलो जनसंगठनको रुपमा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पीन) को दोस्रो केन्द्रीय कमिटि बैठक पेरिस डाँडामा आज सम्पन्न भएको छ ।

श्रोतको अनुसार देश तथा विदेशमा काम गरिरहेका इन्जिनियरिङ क्षेत्रको ठूलो समुदायलाई देश र जनताको हीतमा उपयोग गर्न पार्टीको सशक्त जनसंगठनको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई निरन्तर गरिएको प्रयासबाट बनेको उक्त जनसंगठनले आफ्नो विधान अनुसार संगठनलाई व्यापक रुपमा विस्तार गर्ने मुल उद्धेश्यका साथ आजको वैठक आयोजना गरिएको थियो ।

बैठकको अध्यक्षता गर्दै प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पीन) का अध्यक्ष ई. श्री शम्भू बहादुर श्रेष्ठले देशको आर्थिक समृद्धिको लागि इन्जिनियरिङ क्षेत्रबाट पार्टी, देश र जनताले महत्वपूर्ण भूमिकाको अपेक्षा गरेकोले सम्पूर्ण संस्थाका पदाधिकारी, सचिवालय सदस्य एवं केन्द्रीय सदस्यहरुलाई सोही अनुसार सम्पूर्ण सदस्यहरुलाई सकृय भूमिका निर्वाह गर्न हार्दिक आव्हान गर्नु भएको थियो ।

९५ सदस्यीय केन्द्रीय सदस्य रहेको उक्त संगठनको आजको वैठकमा ईन्जिनियरहरु सि आर केसी, सफल क्षेत्री, अणराज सिलवाल, कविराम थापा, खिमानन्द कँडेल, लालु गिरी, रोशन भट्टराई, डा. भेषराज थापा, टिकाराम बराल, पूर्ण कुँवर, संजीव रोकाहा, छवि पोखरेल, प्रदिप खत्री, डा. सुमित्रा अमात्य, दिलिप विश्वकर्मा, डा. जगत कुमार श्रेष्ठ, गजेन्द्र कुमार झा, सन्तोष शर्मा, गोपाल बस्नेत लगायतका केन्द्रीय सदस्यहरुले संगठन विस्तार, नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनको सन्दर्भ, देशको समसामयिक अवस्था र इन्जिनियरहरुले देशको आर्थिक समृद्धिको लागि खेल्न सक्ने रचनात्मक भूमिकाहरुको बारेमा चर्चा भएको थियो ।

बैठकमा बोल्ने अधिकांश सदस्यहरुले संगठन विस्तारको लागि केन्द्रीय समितिमा रहेका सदस्यहरु, प्रदेश एवं स्थानीय स्तरमा रहेका इन्जिनियरिङ क्षेत्रका दक्ष एवं जुझारु नेताहरुलाई स्पष्ट नीतिगत आधारहरु तयार गरेर संगठन विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै हाल देशमा संघीय, प्रादेशिक र स्थानीय सरकार गरी तीन तहमा रहेका सरकारहरुको अधिकांश स्थानमा नेपाल कम्युनिष्ट पार्टी नेतृत्वले सरकारको नेतृत्व गरिरहेको सन्दर्भमा सम्बन्धित क्षेत्रमा विशेष विज्ञता राख्ने जनशक्तिहरुलाई तीन तहका सरकारहरुको समन्वयमा अधिकतम रुपमा काम गर्ने वातावरण बनाउन प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पीन) ले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा समेत राखिएको थियो ।

त्यस्तै गरी इन्जिनियरिङ क्षेत्रको संगठनलाई शक्ति र सिंहदरवार भन्दा पनि देश र जनताको समृद्धि तर्फको यात्रामा डोर्याउने नवीनतम संगठनको रुपमा विकास गर्न सम्पूर्ण इन्जिनियरिङ पंक्ति एकढिक्का भएर लाग्नुपर्ने बारेमा समेत विशेष चर्चा भएको थियो । “देश र जनताका सेवक हुनुपर्दछ” भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टीले अंगालेका नीति र कार्यक्रमहरुलाई जनता समक्ष पुर्याउने विशेष दायित्व इन्जिनियरिङ क्षेत्रमा रहेको बारेमा समेत अधिकांश वक्ताहरुले धारणा राखेका थिए ।

देशको आर्थिक समृद्धिको लागि मुलतः सुशासन, न्यायोचित समाजको निर्माण एवं क्षमतावान एवं दक्ष जनशक्तिलाई देश विकासमा उपयोग गर्नको लागि संगठनले आर्थिक पारदर्शितालाई प्रमुख प्राथमिकतामा राख्दै कुनै पनि सरकारी कर्मचारी वा निकायबाट आर्थिक सहयोग नलिई यस संगठन भित्र भएका जनशक्तिहरुको सहयोगबाट संगठन चलाई देशमा सुशासन कायम गर्ने दिशामा भूमिका खेल्दा मात्रै सुशासनको पक्षमा खुलेर काम गर्ने परिस्थिति बन्ने बारेमा समेत अधिकांश बक्ताहरुको एकमत रहेको थियो ।

हाल नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा दुई तिहाईृको बुहमतमा रहेको शक्तिशाली सरकारले काम गरिरहेको, देशको आर्थिक समृद्धिको लागि केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरुसँग हातेमालो गर्दै उच्च नैतिक मूल्य र मान्यताको आधारमा नेपाललाई समृद्ध देशको रुपमा रुपान्तरण गर्न एवं देश हाँक्ने महत्वपूर्ण जिम्मेवारीहरुमा क्षमता र योग्यताको आधारमा दक्ष जनशक्ति नियुक्त गरी देश तथा विदेशमा रहेका सम्पूर्ण इन्जिनियरिङ जनशक्तिलाई न्यायोचित ढंगबाट संगठनमा आवद्ध गर्दै देश र जनताको पक्षमा उभ्याउनको लागि यस संगठनको विशेष महत्व रहेने बारेमा समेत अधिकांश बक्ताहरुको धारणा थियो ।

सोहि वैठकमा संगठनका महासचिव डा. हरि पराजुलीले सचिवालयको तर्फबाट तयार गरिएका विभिन्न तयारीहरुको बारेमा र भावी संगठन विस्तारको बारेमा मन्तव्य राख्नु भएको थियो । उक्त वैठक करिब ५ घण्टा सम्म चलेको थियो ।

केन्द्रीय कमिटि वैठकमा उठेका सवालहरुलाई मध्य नजर गर्दै आगामी वैठकमा स्पष्ट संगठन विस्तारका विविध मापदण्डहरु, प्रदेश स्तरमा कमिटि विस्तार गर्ने स्पष्ट कार्ययोजना र यही मिति २०७५ साल मंसीर २८ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचनलाई समेत ध्यानमा राखी स्पष्ट कार्ययोजना सहित अर्को वैठक बस्ने गरी प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) का अध्यक्ष ई. शम्भू बहादुर श्रेष्ठ ज्यूले कार्यक्रमको समापन गर्नुभएको थियो ।

फोटो ग्यालरी

Leave A Reply

Your email address will not be published.