Engineeer Khabar

जिआइइटिसी–रमन जेभीलाई धरहरा पुनर्निर्माण ठेक्काको जिम्मा

१७ भदौ, काठमाडौं । धरहराको पुर्निर्माण कसले गर्ने भन्ने चर्चाको अन्यौल हटेको छ । आइतबार प्राधिकरणले खोलेको आर्थिक प्रस्तावअनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने कम्पनीमा जिआइइटिसी–रमन रहेको छ । यो कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव गरेको छ ।

धरहरा पुनर्निर्माणका लागि प्राधिकरणले बैशाख ३१ गते टेन्डर आह्वान गरेको थियो । सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरि ६ निर्माण कम्पनीले धरहरा पुनर्निर्माणका लागि आवेदन दिएका थिए जसमध्ये आशिष कन्ट्रक्सन प्राविधिक मूल्यांकन चरणबाटै बाहिरिएको थियो ।

धरहरा पुनर्निर्माण ठेक्काको आर्थिक प्रस्ताव खोलिदा सिआरफाइभसिइसी–स्वच्छन्द जेभीले ४ अर्ब ५२ करोड, जेडआइइसी–लामा जेभीले ४ अर्ब ५० करोड, कुमार सिएफइसीले ४ अर्ब ४९ करोड र सिआइसिओ–कालिका–रसुवा जेभीले ४ अर्ब ३९ करोडको प्रस्ताव गरेका थिए । प्राधिकरणका सहसचिव राजुमान मानन्धरका अनुसार सबैभन्दा कम ठेक्का प्रस्ताव गर्ने जीआईईटिसी–रमन जेभीको आर्थिक प्रस्तावको अध्ययन भइरहेको छ । मानन्धरले आशयपत्रका लािग सात दिने समय दिई त्यसको दुई हप्तामा सम्झौता हुने जानकारी दिए ।

यसै संगै अब बन्ने धरहरा,बाहिरबाट हेर्दा ११ तलादेखिने गरी २२ तले धरहरा निर्माण हुनेछ भने अहिले क्षतिग्रस्त भएको ठूटोलाई सिसाले घेरेर प्रदर्शनीमा राखिनेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वेबसाइटबाट सभारित

Leave A Reply

Your email address will not be published.