Engineeer Khabar
Engineeer Khabar
  • Likes
  • Followers
  • Followers
  • Saturday, May 28, 2022

EngineerKhabar EngineerKhabar -

- Advertisement -

- Advertisement -

  • गृहपृष्ठ
  • समाचार
    • अन्तराष्ट्रिय
    • अर्थ
    • बिपद
    • इन्जिनियरिंग शिक्षा
    • पर्यटन
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • पूर्वाधार
    • पुनर्निर्माण
    • सूचना प्रविधि
    • उधाेग
    • उर्जा
  • टेन्डर
  • अन्तर्वाता
  • मनोरन्जन
  • फिचर
  • Jobs
  • English
EngineerKhabar
  • Home
  • इन्जिनियरिंग शिक्षा
  • IOEको दोश्रो भर्ना कार्यक्रम पश्चात: सरकारीमा २२.१२ % र निजीमा ६८.३२% सिट हरु रिक्त

IOEको दोश्रो भर्ना कार्यक्रम पश्चात: सरकारीमा २२.१२ % र निजीमा ६८.३२% सिट हरु रिक्त

इन्जिनियरिंग शिक्षासमाचार
By इन्जिनियर खबर Last updated Sep 29, 2018 0

 शनि, भदौ २३, २०७५ ।

त्रिभुवन बिश्वबिद्यालय अन्र्तगतको ईन्जिनियरीङ्ग अध्ययन संस्थानका केन्द्रिय क्यामस, आगिंक क्याम्पसहरु एवं निजि कलेजहरुमा अहिले स्नातक तहको भर्ना चलिरहेको छ । दोश्रो भर्ना सूचिको भर्ना पश्चात सरकारी क्याम्पसहरुमा करिब २२.१२ % सिट रिक्त छन् भने निजी क्याम्पसहरु तर्फ ६८.३२% सिट हरु रिक्त देखिएका छन् र समग्रमा ४७.६१% सिटहरु रिक्त छन् ।

यस्तो हुनुको प्रमुख कारण बिधार्थीहरुले एक वा सो भन्दा बढी कलेजमा फारम भरेको र भर्नाको लागि मेरिट अनुसार एकैचोटी दुई वा सो भन्दा बढी कलेजमा नाम निस्किएको हुदा र बिधार्थिले एकपटकमा केवल एक क्याम्पसमा मात्र भर्ना हुन पाउने नियम रहेको हुँदा सिट धेरै रिक्त हुने अवस्था देखिएको हो ।

ईअसले लिएको प्रवेश परिक्षाको १ गते प्रकाशित नतिजामा उर्तिण संगसंगै कक्षा १०+२ को हरेक बिषयमा न्युनतम “C” ग्रेड भएका बिधार्थीहरु मात्र भर्ना हुन पाइने नियम छ ।

यहाँ क्लिक गरेर ईअस प्रवेश परिक्षाको नतिजा हेर्नुहोस

 

सो नतिजा अनुसार अहिले त्रिवि अन्र्तगतका ४ सरकारी कलेज तथा १० वटा निजि कलेजहरुमा जम्मा ४१७६ सिटमा भर्नाका लागि आवदेन दिने झण्डै ६ हजार बिद्यार्थीहरु प्रयासरत रहेका छन् । एकीकृत भर्ना प्रणाली अनुसार बिधार्थीले दिएका आवेदनहरु केन्द्रीय पोर्टलमा प्रकाशित हुनेहुदा भर्ना हुने प्रक्रिया निश्चित नियम अनुसार नै हुने देखिन्छ । त्यसैले अहिले पढ्न चाहने बिद्यार्थी वा पढाउने कलेजले आफुले चाँहदैमा मात्र पढ्न पाईने अवस्था छैन । बिगतमा जेहन्दार बिद्यार्थीहरुले समेत रोजेको कलेजमा रोजेको बिषय पढ्न नपाएको गुनासो र कलेजहरुले प्रवेश परिक्षामा प्राप्त अंकहरुको आधारमा भन्दा पनि बढि पैसा र “भनसुन”को आधारमा भर्ना लिने अवस्था देखिएपछी ईअसले एकिकृत भर्ना प्रणालीको शुरुवात गरेको हो ।

एकीकृत भर्ना प्रणाली अनुसार (www.admission.ioe.edu.np), IOE का कुन कुन क्याम्पसहरुमा कति विद्यार्थी भर्ना भए वा कति सिट रिक्त छन् भन्ने जानकारी एक क्लिकमा हेर्न मिल्ने सुबिधा राखिएको छ ।
प्रथम लिस्ट पश्चात करिब करिब ६२% सिटहरु रिक्त हुन गएको थियो भने दोश्रो लिस्ट पश्चात अब करिब ४८% सिटहरु रिक्त देखिएका छन् ।

कहाँ, के कति भए भर्ना ?
भाद्र १३ गते, १०:०० बजे सम्म ई.अ.स.को पोर्टलमा प्रकाशित जानकारी अनुसार , सरकारी क्याम्पसहरु मा करिब २२.१२ % सिट रिक्त छन् भने निजी क्याम्पसहरु तर्फ ६८.३२% सिट हरु रिक्त देखिएका छन् ।
तथ्याङ्क अनुसार, बिद्यार्थीको पहिलो रोजाई केन्द्रिय क्याम्पस पुल्चोक रहेको देखिन्छ, जहाँ ५२८ मध्ये ४९५ जना भर्ना भैसकेका छन् र जम्मा ६.२५% सिट मात्र खालि छन् ।
प्रथम, दोश्रो र तेश्रो भर्ना कार्यक्रम पश्चात मात्र एक खालको अवस्था ब्याख्या गर्ने अवस्था बन्न सक्छ । प्रथम र दोश्रो चरणको भर्ना कार्यक्रम पश्चात पनि किन यतिका सिटहरु रिक्त गएको भन्ने आशंका धेरैमा लाग्न सक्छ । यसो हुनुको प्रमुख कारण भनेको बिधार्थीहरुले एक वा सो भन्दा बढी कलेजमा फारम भरेको र भर्नाको लागि मेरिट अनुसार एकैचोटी दुई वा सो भन्दा बढी कलेजमा नाम निस्किएको हुदा र बिधार्थिले एकपटकमा केवल एक क्याम्पसमा मात्र भर्ना हुन पाउने नियम रहेको हुँदा यस्तो अवस्था देखिएको हो ।

Source: https://admission.ioe.edu.np/Report/CollegeSeatInfo

यसै बीच, तेस्रो भर्ना कार्यक्रमको लागि राखिएको प्रावधान अनुसार आवेदन पुन: दिन सकिनेछ ।


कान्तिपुर दैनिकमा भाद्र २३ प्रकाशित सूचना
EngineerIOEIOE EntrancePulchowk
इन्जिनियर खबर

Prev Post

पुनर्निर्माणलाई सहज र छरितो बनाउन स्थानीय तहहरुलाई परिचालन गर्ने निर्णय

Next Post

Assessment of IOE Entrance Result 2075

Related Posts More from author
इन्जिनियरिङ मटेरियल

इन्जिनियरहरुद्वारा बहुप्रकोपिय जोखिम प्रतिरोधी अपाङ्गमैत्री भवन निर्माण गरी…

समाचार

ने.ई.ए उम्मेदवारीमा प्रस्तावक समर्थकको घनचक्कर: गल्ती वा नियत ?

इन्जिनियरिंग शिक्षा

इन्जिनियरिङ्ग स्नातकोत्तरको प्रवेश परिक्षा यही मंसिर २६ गते हुने (सूचना सहित)

समाचार

मतदान केन्द्र परिर्वतन गर्ने अन्तिम दिन आज [नेइए निर्वाचन अपडेट]

Prev Next

Leave A Reply
Cancel Reply

Your email address will not be published.

trending now

इन्जिनियरहरुद्वारा बहुप्रकोपिय जोखिम प्रतिरोधी अपाङ्गमैत्री…

ने.ई.ए उम्मेदवारीमा प्रस्तावक समर्थकको घनचक्कर: गल्ती वा…

इन्जिनियरिङ्ग स्नातकोत्तरको प्रवेश परिक्षा यही मंसिर २६ गते…

लोकसेवा आयोगले माग्यो ठूलो संख्यामा इन्जिनियर (सूचना सहित)

मतदान केन्द्र परिर्वतन गर्ने अन्तिम दिन आज [नेइए निर्वाचन…

सुचना विभाग दर्ता नं: १०२५/०७५-७६

Aviyanta Media Group Pvt. Ltd.
अध्यक्ष : सुरज गौतम, ९८०१८४९०४९
सम्पादक: राघब टण्डन , ९८०१८४९०१८
Email: engineerkhabar@gmail.com
Lalitpur-16, Nakabahil
Contact No: 9801849049

Contact
Facebook Feed
Engineer Khabar
Newsletter

Subscribe our newsletter to stay updated.

Follow Us

  • गृहपृष्ठ
  • समाचार
  • पूर्वाधार
    • पुनर्निर्माण
    • सूचना प्रविधि
  • उर्जा
  • टेन्डर
  • अन्तर्वाता
  • देश
  • मनोरन्जन
  • अन्तराष्ट्रिय
  • फिचर
© 2022 - EngineerKhabar. All Rights Reserved.
Powered By: EngineerKhabar