Engineeer Khabar

विश्वभर त्रिभुवन विश्वबिद्यालय उत्कृष्ट ८०१ देखि १००० भित्र : ‘टाइम्स हाइअर एजुकेसन’

अशोज १५, ललितपुर ।

सन् १९५९मा स्थापित नेपालको सबैभन्दा जेठो र ठुलो बिश्वबिधालयको रुपमा प्रख्यात त्रिभुवन बिश्वबिधालय, ‘टाइम्स हाइआर एजुकेसन’ अनुसार विश्वभरिका  बिश्वबिधालय मध्ये उत्कृष्ट  ८०१ देखि १००० भित्र अट्न सफल भएको छ ।

करिब ५ दशकको अनुभब र दक्ष बिशेषज्ञ द्वारा संचालित बरियता सम्बन्धी काम गर्दै आएको  ‘टाइम्स हाइआर एजुकेसन’ को १ हजार २ सय ५० विश्व विद्यालयहरुको सूचीमा त्रिभुवन विश्वबिद्यालय ८०१ देखि १००० भित्र पहिलो पटक अटाउन सफल भएको हो । बिद्यार्थी, क्याम्पस तथा बिषय संख्या, परिक्षा नतिजा, रिसर्च  लगायत बिभिन्न १३ ओटा मापन बिधि प्रयोग गरि सो बरियता सार्बजनिक गरिएको हो ।

सोहि बरियतामा बेलायतको अक्सफोर्ड बिश्वबिद्यालय, पहिलो नम्बरमा रहेको छ । गत बर्ष झैँ यस बर्ष पनि अक्सफोर्ड बिश्वबिद्यालय पहिलो नम्बरमा रहन सफल भएको छ । अक्सफोर्ड बिश्वबिद्यालयलाई पछ्याउदै बेलायतको क्याम्ब्रिज बिश्वबिद्यालय दोश्रो र अमेरिकाको स्टानफोर्ड बिश्वबिद्यालय तेस्रो नम्बरमा रहेका छन् । सोहि पत्रिकाले सार्बजनिक गरेको उत्कृष्ट १० विश्वबिद्यालयको सूचीमा ७ वटा अमेरिकाको बिश्वबिधालय परेका छन् भने बेलयातको ३ वटा बिश्वबिधालय परेका छन् ।

यस्तो छ उत्कृष्ट १० को सुची 

२०१७को तथ्यांक अनुसार त्रिभुवन बिश्वबिधालयको मात्रै ६० वटा आंगिक क्याम्पस र १०८४ वटा अफिलीएटेड कलेजहरु छन् जसको केन्द्रीय प्रसाशन कार्यालय र केन्द्रीय क्याम्पस किर्तिपुरमा रहेको छ । स्नातक तहको कार्यक्रममा मात्रै २०७९ भन्दा धेरै क्याम्पस छन् भने स्नातकोतर तहको कार्यक्रममा मात्र २००० भन्दा बढी क्याम्पसहरु छन् ।

विश्वमै बिधार्थीसङ्ख्याको हिसाबले ११ औ ठुलो क्याम्पसको रुपमा त्रिभुवन बिश्वबिधालय परिचित छ । यस बिश्वबिधालय अन्तर्गत ७८४१ जना प्राध्यापकहरु छन् भने ७४१३ जना प्रसाशनिक कर्मचारीहरु छन् ।

 

Leave A Reply

Your email address will not be published.