Engineeer Khabar

सूचना प्रविधि समाज नेपालको १५औं वार्षिक साधारण सभा सम्पन्न

0

सूचना तथा प्रविधिको क्षेत्रमा संगठितरूपले काम गर्दै आएको ‘सूचना प्रविधि समाज नेपाल’ को १५औं वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ । १५औं वार्षिक साधारण सभा संस्थाले शनिबार सी.आई.टि.इ. कलेजमा विशेष कार्यक्रम गरेर समपन्न गर्यो । सन् २००३ मा स्थापना भएको संस्थाले देशको सूचना प्रविधि विकासमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । करिब ६ सय सदस्य रहेको संस्थाले अहिले २० भन्दा बढी क्याम्पसमा सूचना प्रविधि विकासको जनचेतना जगाउँदै आएको छ ।
१५औं वार्षिक साधारण सभामा निवर्तमान कार्यवाहक अध्यक्ष प्रताप सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । प्रमुख अतिथि संस्थापक अध्यक्ष नारायण न्यौपाने तथा अतिथि पुर्व अध्यक्ष चन्द्र विलास भुर्तेलको उपस्थितिमा सम्पन्न भएको साधारण सभाले अध्यक्षमा प्रताप सापकोटालाई चयन गरेको छ । अन्य कार्यसमितिमा टेकनारायण अधिकारी (प्रथम उपाध्यक्ष), तेज प्रसाद धमला (महासचिव), युवराज आचार्य (सचिब), रोशन के.सी. (कोषाध्यक्ष) र सदस्यहरुमा दिप्ती गौतम, सुरज कटवाल, सुजाता खनाल, न्हुरेन्द्र शाक्य र उज्ज्वल कोइरालालाई चयन गरेको छ।
नेटवर्किङ, तथ्यांक व्यवस्थापन, इ–एजुकेशन लगायत क्षेत्रमा काम गर्दै आएको संस्थाका वर्तमान अध्यक्ष प्रताप सापकोटाले बताए । संस्थाले अब आउने वर्षमा स्टुडेन्ट कन्फेरेन्स लाई निरन्तरता दिने र राष्ट्रिय स्तरको आई.सी.टि. कन्फेरेन्स आयोजना गर्ने जानकारी दिएको छ । यसका साथै विश्वमा भएको प्रविधिको विकास देशमा पनि विस्तार गर्न संस्थाले प्रयास गरिरहने जनाएको छ।

फोटोहरु:

Leave A Reply

Your email address will not be published.