Engineeer Khabar

आकाशे पुलको सम्भाव्यता अध्ययन शुरु

काठमाडौँ, २८ कात्तिक: ललितपुर महानगरपालिकाले आकाशे पुल (फ्लाई ओभर) निर्माणको सम्भाव्यता अध्ययन शुरु गरेको छ । पुल्चोकदेखि कुपण्डोलसम्म आकाशे पुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको महानगरपालिकाले जनाएको छ । पुल निर्माणमा लाग्ने लागत, उपयुक्त स्थानलगायत विषय अध्ययन प्रतिवेदनमा आउने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । अध्ययनका लागि महानगरपालिकाले रु ९८ लाख बजेट छुट्याएको छ ।
अहिले जापानी सहयोग नियोग (जाइका) ले पुलका लागि चासो देखाएको छ । जाइका एक्लैलाई गर्न दिने अथवा अरू साझेदारसँग सहकार्य गर्ने भन्ने अध्ययन पछि टुङ्गो लाग्ने बताइएको छ । उहाँले भन्नुभयो, “विभिन्न दातृ राष्ट्रले यसमा चासो देखाएका छन् ।” यस्तै काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरदेखि थापाथली र थापाथलीदेखि माइतीघरसम्म पुल निर्माणका लागि अध्ययन थालेको छ । (रासस)

Leave A Reply

Your email address will not be published.