Engineeer Khabar

“मापदण्डसहित ईन्जिनियरको न्युनतम स्केल तोकौं, लागु नगर्नेलाई कारबाही शुरु गर्छौ”: गोकर्ण बिष्ट

काठमाडौं, ७ मंसिर:  श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले नयाँ वानेश्वर स्थित अर्पण ब्यान्केटको प्रगतिशील ईन्जिनियरहरुको घोषणा सभामा अबको केहि समयमै निश्चित मापदण्ड बनाई  ईन्जिनियरहरुको न्युनतम तलब तोकिने कुरा गरेका छन् ।

शुक्रबार राजधानीमा भएको हजारौ प्रगतिशील इन्जिनियर/आर्किटेक्टहरु (पिन)को उपस्थितिको बिचमा नेपाल इन्जिनियर्स एसोसिएसनको चुनाबी शुभकामना दिने क्रममा मन्त्री बिष्टले इन्जिनियरहरुको न्युनतम तलब सम्बन्धी ध्यानाकर्षण भएको कुरा बताए । देशको  महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको इन्जिनियरिंग पेशामा रहेका इन्जिनियरसाथीहरुको अनुभवलाई पिनले अघि सारेको र सम्पूर्ण इन्जिनियरसाथीहरुको काम र भावनाको कदर गर्दै उचित व्यवस्थापन गरिने कुरामा सरकार प्रतिबद्ध रहेको कुरा मन्त्रीले बताए ।

‘मलाई कानमा खुसुक्क भन्दै हुनुहुन्थ्यो । अहिले पनि देशभरमा इन्जिनियरसाथीहरुले न्युनतम ‘वेतन’ नपाएको’, मन्त्री बिष्ट भन्छन्, ‘म एउटा मन्त्रीको हैसियतले यो भन्न चाहन्छु, यो चुनाव सकिएपछि एसोसियसनसंग बसेर, नीजि क्षेत्रमा काम गर्ने इन्जिनियर साथीहरुसँग समेत बसेर इन्जिनियरहरुको न्युनतम वेतन कति हुन जरुरी छ । एउटा मापदण्ड तय गरेर टुङ्गो लगाउँ । त्यो न्युनतम वेतनभन्दा तल दिएर कसैले काम लगायो भने त्यसलाई गम्भिरतापूर्व लिएर कारबाही सुरु गछौं ।’

नेपाल इन्जिनियर्स एसोसियसन (नेईए)को चुनावको पूर्वसन्ध्यामा पिनले केन्द्रीय तथा प्रादेशिक उम्मेदवारहरुलाई बिशेष शुभकामना व्यक्त गर्दै आगामी आफ्ना कार्ययोजना र एजेण्डाहरु सार्वजनिक गरेको छ । सोहि कार्यक्रममा बोल्ने क्रममै मन्त्री बिष्टले यसपटकको चुनाव प्रोग्रेसिभ समुहले दुई तिहाई बहुमतले जित्नुपर्ने बताए ।  ‘यो भन्दा अगाडीको निर्वाचनमा सबै साथीहरुको बिचमा सहमती कायम हुन नसक्दा र मदभेद कायम रहेका कारण हार भयो’ बिष्ट भन्छन्, ‘संगठनभित्र यो पुर्व एमालेको यो पुर्व माओबादीको भन्ने मनोबिज्ञान भने मेट्नुपर्छ ।’  त्यस्तै मन्त्री बिष्टले आम कार्यकर्ता सबैजना आफैमा उम्मेदवार सरह महसुस गर्दै आसन्न चुनाबमा एकरूप भई होमिन समेत निर्देशन दिएका छन् ।

त्यस्तै अबको नयाँ पुस्ता उद्यमशिल हुनु पर्ने कुराको पनि जिक्री नेता बिष्टले गरेका थिए । बौद्धिक र प्राज्ञिक ज्ञान भएका इन्जिनियरहरुले आर्थिक समृद्धिका लागि अबको दिनमा उद्यमशिलताको झण्डा उठाउनुपर्ने कुरा नेता बिष्टले गरेका छन । त्यस्तै, सिद्दान्त र बिचारले मात्र चुनाव नजितिने भन्दै चुनाबमा होमिने प्रसङ्गमा नेता बिष्टले उम्मेदवारमाझ नरम एवं मिजासिलो प्रस्तुति राख्न जोड गरे । सोहि प्रसङ्गमा व्यंग गर्दै नेता बिष्टले ‘प्राध्यापक पेशाबाट आएका लाई नमस्कार खान मात्र बानी लागेको हुन्छ, मतदातालाई नमस्कार गर्न हिच्किचाउन हुन्न’ भने । त्यस्तै निजामती सेवा बाट आएका साथीहरुलाई पनि अंकित गर्दै, पिनले दिएको उम्मेद्वारी एकदम जुझारु रहेको दाबि गरे । त्यस्तै देशको सुशासन र बिकासको लागी ईन्जिनियरहरुको भुमिका महत्वपूर्ण रहको चर्चा गर्दै इन्जिजियरहरुलाई हेरिने दृष्टिकोणमा फरक आउन जरुरी रहेको कुरा पनि प्रस्टाए ।

सोहि कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि बिशेष शुभकामना व्यक्त गर्दै पिनले सारेको एजेण्डाको प्रसंसा गरेका थिए ।

त्यस्तै उक्त कार्यक्रममा जोडदार मन्तब्य राख्दै ई.अ.स. का  पुर्व डीन प्रा.डा. भरत राज पाहारीले, “राजनीति यदि राष्ट्रको बिकासको लागि गरिदैन भने, त्यो अर्थहिन हुनेछ” भन्ने भनाई राख्दै पिनलाई समृद्ध नेपाल बनाउने आधारहरु बनाउदै जान आग्रह गरेका थिए । असल विचार, निष्ठाका साथ काम गर्दा हरेक लक्ष्य हात पार्न सकिने कुरा डा. भरत राज पाहारीले जोड्नु भयो । बिचार र सिद्धान्त केवल कागजमा मात्र सिमित नभई त्यसको बास्तविकता हामीले आफ्नो जीवनमा प्रयोग गरेको खण्डमा मात्र हामीले समृद्धि हासिल गर्न सक्नेछौ भन्ने कुरा राख्दै डा. पाहरीले पिनका तर्फबाटको उम्मेदवारहरुलाई बिशेष शुभकामना पनि व्यक्त गरेका थिए ।

शुक्रबार भएको नेईए चुनावका लागि पिनका उम्मेदवारहरुको घोषणा सभामा माननीय पम्फा भुसालको समेत उपस्थित रहेको थियो । नेता भुसालले अबको नेपाल इन्जिनियर्स एसोसिएसनमा पिनले बहुमातका साथ जित्ने र समग्र इन्जिनियरहरुको हकहित र राष्ट्र निर्माणमा सहयोग गर्ने कुरा राख्दै बिशेष शुभकामना समेत ब्यक्त गरेकी थिईन । नेता बिष्ट र नेकपाकै नेतृ पम्फा भुसाल प्रोग्रेसिभ इन्जिनियरिङ संगठन (पिन) का इन्चार्ज समेत रहेका छन् ।

प्रा.डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा पिनले आफ्नो उम्मेदवारी घोषणा गरेको छ जहाँ उपाध्यक्षमा आशिष घिमिरे, महा–सचिवमा छबिराज पोखरेल, उप–महासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा राम एकवाल यादव र सह–कोषाध्यक्षमा चाँद माला श्रेष्ठ छन् ।  पिनले केन्द्रिय कार्यकारिणि र सात प्रादेशिक कार्याकारिणि समितिको लागि १३० जनाको उम्मेदवारी घोषणा गरेको छ । नेईएको चुनाव यहि मंशिर २८ गते हुँदैछ ।

(फोटो फिचर)

 

Leave A Reply

Your email address will not be published.