Engineeer Khabar

काठमाडौँको धुलो हटाउन ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’

0

काठमाडौँ, ८ मङ्सिर: काठमाडौँ महानगरपालिकाले आजदेखि महानगरलाई धुुलोधुवाँबाट मुक्त गराउनका लागि ‘शहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुआत गरेको छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको रत्नपार्कबाट शुभारम्भ गर्दै महानगरलाई चाँडै धुलोधुवाँबाट मुक्त गराउने बताउनुभयो । उहाँले यसअघि विभिन्न सङ्घ–सस्थाले अलगअलग रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएकाले अव सामूहिक प्रयत्नबाट काठमाडौँलाई सफा र सुन्दर राख्ने बताउनुभयो ।

Hill Side Ad Banner
काठमाडौँ महानगरपालिकाले शनिबारदेखि महानगरलाई धुुलोधुवाँबाट मुक्त गराउनका लागि ‘सहरी सौन्दर्यता प्रवद्र्धनमा सघाउ कार्यक्रम’को शुरुवात गरेको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रम रत्नपार्कबाट शुभारम्भ गर्नु भएको थियो । तस्बिरः शरद शर्मा

प्रमुख शाक्यले उद्घाटन गरेसँगै रत्नपार्कबाट शुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुँदै सिनामङ्गलसम्म पुगेको थियो । उक्त कार्यक्रममा महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, काठमाडाँै उपत्यका खानेपानी लिमिटेड, नेपाल दूरसञ्चार प्राधिकरण, मेलम्ची खानेपानी आयोजना, नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी र सडक विभागका अधिकारीको सहभागिता थियो ।

महानगरको वातावरण व्यवस्थापन विभागका निमित्त प्रमुख हरिकुमार श्रेष्ठले अब हरेक शनिबार महानगरले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । सडक सरसफाइसँगै महानगरपालिका क्षेत्रभित्र हरियाली प्रवद्र्धन गर्ने, अव्यवस्थित रुपमा रहेका केवल, विद्युत्का तार तथा पोलको व्यवस्थापन गर्ने, खानेपानीका पाइप व्यवस्थापन, सडकको ढल तथा सतही ढल व्यवस्थापनसमेत गर्ने भएको छ । (रासस)

Leave A Reply

Your email address will not be published.