Engineeer Khabar

पिनले बुझायो ७ बुँदे माग: पुरा गर्न सरकार प्रतिवद्ध (ज्ञापनपत्रसहित)

काठमाडौँ, २२ मङ्सिर: प्रगतिशील इन्जिनियरिंग एशोसिएसन नेपाल (पिन) को ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री केपीशर्मा ओलीले इन्जिनियरहरुको पेशागत सुरक्षा तथा न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक रहेको कुरा बताएका छन्  ।

शनिवार प्रगतिशील इन्जिनियारिंग एशोसिएसन (पिन)का अध्यक्ष शम्भू बहादुर श्रेष्ठको नेतृत्वको टोलीले प्रधानमन्त्री निवास वालुवाटार पुगेर ७ बुंदे माग सहित ज्ञापन पत्र बुझाएको छ । पुर्ननिमार्णका खटिएका टोलीले विगतमा खाइपाइ आएको बिशेष भत्ता खोसिएको र  त्यसलाई पुन कायम गर्नुपर्ने, निजी क्षेत्रमा काम गर्ने इन्जिनियरको न्युनतम पारिश्रमिक तोकिनुपर्ने, ईन्जिनिनियरिङ स्टाफ कलेज खोल्नुपर्ने, सेवा/सुबिधा तथा स्वास्थ बिमाको व्यवस्था गर्ने  लगायतका मागहरु सहित सो समूहले प्रस्तुत गरेको छ ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पुरा गर्न सरकार सकारात्मक रहेको बताए । समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न सुशासन र विकास पहिलो शर्त भएको कुरा राख्दै सो अभियानमा इन्जिनियरहरुको साथ सहयोग निकै नै महत्वपूर्ण रहने कुरा बताएका छन् ।  जनताको अभिमतलाई सम्मान गर्दै सरकारले आममानिसहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको कुरा पनि ओलीले बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले इन्जिनियर पेशलाई मर्यादित र विश्वसनीय बढाउनु पर्नेमा पनि जोड दिएका छन् । सोहि भेटमै ओलीले भने,‘तपाईहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ’ ।

ज्ञापनपत्र 

Leave A Reply

Your email address will not be published.