नेपाल इञ्जिनीयर्स एसोसिएसनको यही मंसिर २८ गते हुन गईरहेको केन्द्रीय तथा प्रादेशिक निर्वाचनको रौनक बढ्दो छ । जति जति निर्वाचनको तिथि नजिकिँदै छ, त्यति त्यति नै माहौला तात्तिरहेको छ । निर्वाचनमा प्रजातान्त्रिक र प्रगतिशील गरि दुई प्यानलबीच प्रतिस्पर्धा हुने बताइएको छ । दुवै पक्ष मतदाताहरुसमक्ष आ–आफ्नो एजेण्डा लिएर पुगिरहेका छन् ।
निर्वाचनमा प्रगतिशील समूहका तर्फबाट प्रदेश नम्बर ३ को प्रदेश सदस्य पदमा जनकपुर इञ्जिनीयरिङ कलेजका सरोज कार्कीले उम्मेदवारी दिनुभएको छ । निर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज जनकपुर इञ्जिनीयरिङ कलेजले इतिहासमा नै पहिलोपटक उम्मेदवार पाएको हो । इञ्जिनीयरको घर प्रालिका प्रबन्ध निर्देशक समेत रहनु भएका कार्कीले इञ्जिनीयरहरुको सामुहिक बीमा गर्ने, इञ्जिनीयरिङ स्टाफ कलेजको स्टाफ कलेजको स्थापना गर्ने, इञ्जिनीयरहरुको न्यूनतम पारिश्रमिक तोक्ने लगायतका एजेण्डा स्थापित गराउन आफ्नो प्रगतिशील समूहलाई विजय गराउन जरुरी रहेको बताउनुभयो ।
प्रगतिशील समूहमा केन्द्रबाट इञ्जिनीयरिङ अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्य र प्रदेश नम्बर ३ बाट नन्दलाल बञ्जाडेले नेतृत्व गर्नुभएको छ ।