Engineeer Khabar

इन्जिनियर्स चुनाबको नतिजा : “प्रगतिशिल” समुहलाई अभिमत

२ पुस, काठमाडौं: नेपाल ईन्जिनियर्स एशोसिएशनको ३२ औँ कार्यकारिणी समितिको निर्वाचनमा प्रगतिशील समूहका उम्मेदवार अत्यधिक स्थानमा विजयी भएका छन् ।

नेपाल ईन्जिनियर्स एशोसिएसनको मंसिर २८ गते सम्पन्न ३२औ केन्द्रीय कार्यकारिणी र प्रथम प्रादेशिक कार्यकारिणी निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको छ । उक्त नतिजामा केन्द्रिय कार्यकारिणी समितिको लागि देश भरिबाट भएको मतदानको परिणाम अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव सहित सम्पूर्ण पदाधिकारी र बहुमत सहितको सदस्यका साथ “प्रगतिशिल” समुहले बाजि मारेको छ  । केन्द्रमा अध्यक्षको रुपमा प्रा.डा. त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा ई. आशिष घिमिरे, ई. महासचिबमा ई. छबि पोख्रेल, उपमहासचिबमा ई. कपिल आचार्य, कोषाध्यक्षमा ई. राम इकबाल यादव र सहकोषाध्यक्षमा आ.ई. चांदमाला श्रेष्ठ  मजबुत अन्तरका साथ बिजयी भएका छन् ।

यहाँ सोमबार सम्पन्न मतगणनामा अध्यक्षमा चार हजार ८९९ मत ल्याई प्रगतिशील समूहका प्रा डा त्रिरत्न बज्राचार्य विजयी हुनुभएको छ ।  त्यस्तै उपाध्यक्षमा आशिष घिमिरेले चार हजार ६३४ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी डा चण्डिकाप्रसाद भट्टले चार ६११ मत प्राप्त गर्नुभयो । महासचिवमा छविराज पोखरेलले चार हजार ८४५ मत ल्याउनुभएको छ भने  उहाँका प्रतिद्वन्द्वी अभिमन्युलाल सिंहले चार हजार ४१७ मत प्राप्त गर्नुभयो । यसैगरी उपमहासचिवमा प्रगतिशील समूहकै कपिल आचार्यले चार हजार ७६८ मत ल्याउँदा उहाँका प्रतिद्वन्द्वी अशोककुमार साहले चार हजार ४१० मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा रामएकवाल यादवले चार हजार २२७ मत ल्याई विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी अपिल केसीले तीन हजार २५७ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले चार हजार ६५४ मत प्राप्त गरी विजयी हुँदा लोकतान्त्रिक समूहका जानुका थापाले चार हजार ५२४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य मदन तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै केन्द्रीय कार्यकारिणी समितिको सदस्यमा प्रगतिशील तर्फ छवि अधिकारी, प्रताप सापकोटा, दिलीपकुमार विश्वकर्मा, गजेन्द्रकुमार झा बिजयी भएका छन् भने लोकतान्त्रिक समूहबाट अनिल मानन्धर, ज्योतिमणि भट्टराई, सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, एभरेष्ट केसी, उमेशप्रसाद चौधरी र सुदर्शन भण्डारी सदस्यमा विजयी भएका छन् ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र प्रदेश ३ मा क्लीन स्वीप र प्रदेश २ मा पनि प्रगतिशिलको नेतृत्व

प्रथम प्रादेशिक कार्यकारिणी समितिका लागि भएको निर्वाचनमा गण्डकी प्रदेश र कर्णाली प्रदेशका पदाधिकारी, प्रदेश सदस्य तथा प्रदेशलाई प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य सबै पदमा “प्रगतिशिल” समुह बिजयी भएको छ ।

केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा समेत महत्वपुर्ण अर्थ राख्ने प्रदेश न ३ मा प्रदेश तर्फबाट केन्द्रीय सदस्य बाहेक सम्पूर्ण  पदमा “प्रगतिशिल” समुह निकट उमेद्वारहरु बिजयी भएका छन् ।

त्यस्तै, प्रदेश न २ को  नेतृत्व पंक्तिमा “प्रगतिशिल” समुह बिजयी भएको छ भने लोकतान्त्रिक समुहबाट सचिब लगायतका पदमा उमेद्वारहरु बिजयी भएका छन् ।

प्रदेश १, ५ र ७ मा लोकतान्त्रिकसमुहलाई बहुमत ।

उता प्रदेश कार्यकारिणी समितिका लागि प्रदेश १, ५ र ७ मा भएको निर्वाचनमा भने अध्यक्ष सहित बहुमत पदमा “लोकतान्त्रिक” समुहका उमेद्वारहरु बिजयी भएका छन् ।

 चुनाब  स्पेसल

“प्रगतिशिल”, “लोकतान्त्रिक” तथा “ईन्जिनियर समाज” गरि तिन समुहको आफ्नो छुट्टाछुटै प्यानल सहित उत्रिएको यस चुनाबमा “ईन्जिनियर समाज”  ले आफ्नो राम्रो उपस्थिति जनाएको छ । “ईन्जिनियर समाज”को नाममा मुलत भक्तपुर आधार क्षेत्र भएका ईन्जिनियरहरुको उपस्थिति थियो । सो समुहले केन्द्रमा कोषाध्यक्ष सहित २ केन्द्रीय कार्यकारिणी सदस्य र  प्रदेश न ३मा पदाधिकारी सहित सात प्रदेश सदस्यमा मात्र उमेद्वारी दर्ता गरेको थियो ।

यसपालिको चुनाबमा प्राबिधिक हिसाबले मतपत्रमा ठुलो जटिलता र समस्या रहेको कुरा प्रगतिशील समुहको दाबि छ । इन्जिनियर्सको चुनाबमा करिब ४५० मत बदर हुनु भनेको सामान्य कुरा नरहेको कुरा प्रोग्रेशिभ इन्जिनियरिंग एसोसिएसन नेपाल (पिन)का अध्यक्षले बताएका छन् । बिशेष गरि केन्द्रिय कार्यकारिणीमा एकापट्टि “ईन्जिनियर समाज”को दुई(२) सदस्य(क्र.स १-२) र “प्रगतिशिल” तर्फबाट बाह्र (१२) सदस्य(क्र.स ३-१४) गरि बाँया तर्फ (चौध) १४ सदस्य र सोहि को दाँया तर्फ “लोकतान्त्रिक” समुहको तर्फबाट बाह्र (१२) सदस्य(क्र.स १५ -२६ ) को मतपत्रको लेआउटमा बराबर देखिने हिसाबले राखिएको हुदा मतदाताले अधिकतम मतपत्रमा (१-१४) रोज्दा करिब ४५० मतपत्र बदर भएको कुरा पिन अध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रमुख पदमा प्रगतिशील समुह ठूलो अन्तरका साथ बिजयी हुँदा हुदै पनि प्राबिधिक रुपले सोहि प्यानलबाटै केहि केन्द्रिय सदस्यहरु भने पराजित हुनु परेको हो  ।  त्यसो हुदा हुदै पनि प्रगतिशील समुहबाट १२ सदस्य समेत ४ सदस्य बिजयी भए भने निकटतम १३औ स्थानमा मात्र ४ मतको अन्तर, १४ औ स्थानमा ९ मतको अन्तर तथा १५औ स्थानमा १४ मतको मात्र अन्तर रहन गयो ।

यसले मतदाताहरुले केहि नया परिवर्तन चाहेको र त्यसको सम्बाहकको रुपमा प्रगतिशिल समुहलाई रोजेको देखिन्छ ।

Leave A Reply

Your email address will not be published.