Engineeer Khabar

“धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ”-प्रधानमन्त्री ओली [फोटो फिचर सहित]

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ ।

सोहि कार्य्रक्रमको बिचमा प्रधानमन्त्री ओलीले “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन,नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र मौलिकतलाई संरक्षण गर्नुपर्छ” बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री पनि हुने बताउनु भएको छ । प्रम ओलीले थप्नु भयो  “नाम मात्रको सुन्धारा नभई पानीसहितको धारा पनि अवलोकनकर्ताले हेर्न पाउने छन् ” । विगतमा आफूले धरहराको पुनःनिर्माणका लागि प्रयत्न गरेता पनि काम अघि बढ्न नसकेको कुरा  सम्झदै प्रधानमन्त्री ओलीले “अब कुनै पनि बहानामा पुनःनिर्माणका कार्य रोकिने छैन ।” स्पस्ट पार्नु भएको छ । त्यस्तै अब बन्ने धरहरामा अवलोकनकर्ताका सवारी साधनको व्यवस्थित पार्किङ सुबिधा हुने बताउनुभएको छ ।

देशमा भइरहेका बिभिन्न विकास निर्माण कार्यमध्ये धरहराको शिलान्यास एउटा अङ्ग मात्र भएको बताउँदै सरकार अहिले विकासको तीव्र अभियानमा जुटेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । पुरातात्विक हिसाबले महत्व राख्ने काठमाडौँलाई आकर्षित र सुरक्षित ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको उहाँको भनाइ थियो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अत्याधुनिक सुविधा सम्पन्न धरहरा पुनःनिर्माणका क्रममा यसको मौलिकतालाई विशेष ध्यान दिइने जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनःनिर्माण समयमै सम्पन्न गर्न आग्रह गर्दै निर्माणका क्रममा आउने धुवाँ धुलोलाई न्यूनीकरण गरी वातावरण प्रदूषण हुनबाट जोगाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले धरहरा निर्माणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

निर्माण कम्पनीका प्रबन्धक रमण महतोले करीब ४२ रोपनी क्षेत्रफलमा फैलिने धरहरा ७२ मिटर अग्लो हुने जानकारी दिनुभयो । नयाँ बन्ने धरहरा हेर्दा नौतले देखिने भएपनि प्राविधिक हिसाबमा २२ तलाको हुनेछ।अन्डरग्राउन्डबाट धरहराको टुप्पोसम्म पुग्न लिफ्टमा चढ्नुपर्नेछ भने ओर्लन अर्को लिफ्ट हुनेछ। करीब रु तीन अर्ब ४८ करोडको लागतमा निर्माण पूरा हुने उक्त आयोजनाको समयावधि दुई वर्ष रहने छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत हुने छन् ।

शिलान्यास कार्यक्रमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उप-प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, सामान्य प्रशासन तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डित, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल, राष्ट्रय पुनर्निर्माण प्राधिकरणका सीइओ सुशील ज्ञवाली , काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतको उपस्थिति थियो ।

[फोटो ग्यालरी]

     

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँको सुनधारास्थित ऐतिहासिक धरहरा पुनःनिमाण शिलान्यास समारोहलाई सम्बोधन गर्दै ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँको सुनधारास्थित ऐतिहासिक धरहरा पुनःनिर्माणको शिलान्यास गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँको सुनधारास्थित ऐतिहासिक धरहरा पुनःनिर्माणको शिलान्यास गर्दै ।
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँको सुनधारास्थित ऐतिहासिक धरहरा पुनःनिर्माणको शिलान्यास गर्दै ।
काठमाडौँको सुनधारास्थित धरहरा पुनःनिमाण शिलान्यास समारोहमा बिहीबार सहभागी हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार काठमाडौँको सुनधारास्थित ऐतिहासिक भीमसेनस्तम्भ (धरहरा)को पुनःनिर्माण कार्यको शिलान्यास कार्यक्रममा ताम्रपत्र अनावरण गर्दै ।

Leave A Reply

Your email address will not be published.