Engineeer Khabar

नवनिर्वाचित इन्जिनियर्स एसोसिएसन कार्यसमितिको पदभार हस्तान्तरण: [फोटो फिचर सहित]

0

काठमाडौँ, २१  पुस: नेपाल इन्जिनियर्स एसोसिएसनको ३२औ केन्द्रीय कार्यकारिणी समिति तथा प्रदेश न ३ को प्रथम प्रादेशिक कार्यकारिणी समितिको पदाधिकारीहरुको पदभार हस्तान्तरण तथा शपथ ग्रहण कार्य्रकम सम्पन्न भएको छ ।

मंशिर २८ गते सम्पन्न भएको निर्वाचनको नतिजा पुष २ गते नै सार्वजनिक भएपनि एसोसिएसनको वार्षिक साधारण सभा भने हुन बाकि भएको हुदा सपथ ग्रहण कार्यक्रम ढिला हुन पुगेको थियो । ४९ औ बार्षिक साधारण सभामाको पहिलो आब्हान २०७५ पुस ७ गते र दोश्रो आब्हान २०७५ पुस १४ गते गरिएकोमा विधानको दफा १५ बमोजिम गणपुरक सङ्ख्या नपुगेकोले उक्त साधारण सभा पुस २१ गतेलाई बोलाइएको थियो ।

शनिबार पुल्चोक स्थित, इन्जिनियर्स भवनमा आयोजित ४९ औ बार्षिक साधारण सभा कार्यक्रमको पहिलो शत्रमा ३१औ केन्द्रीय कार्यकारिणी समितिले प्रगति प्रतिबेदन तथा बार्षिक प्रतिबेदन पेश गरेको थियो भने दोश्रो शत्रमा नब निर्बाचित ३२औ केन्द्रीय कार्यकारिणी समितिलाई पदभार हस्तान्तरण गरिएको थियो ।

३२औ केन्द्रीय कार्यकारिणी समिति

अध्यक्ष  : प्रा. डा. त्रिरत्न बज्राचार्य

उपाध्यक्ष: ई. आशिष घिमिरे

महा-सचिब: ई. छबिराज पोख्रेल

उप-महसचिब: ई कपिल आचार्य

कोषाध्यक्ष: ई. राम एकवाल यादब

सह-कोषाध्यक्ष: आ. चांदमाला श्रेष्ठ

सदस्य: ई. सागर श्रेष्ठ

सदस्य: ई. छविलाल  अधिकारी

सदस्य: ई. प्रकाश बुढा

सदस्य: ई. दिलीपकुमार विश्वकर्मा

सदस्य: ई. अनिल मानन्धर

सदस्य: ई. सुजन भट्ट

सदस्य: ई. एभरेष्ट केसी

सदस्य: ई. ज्योतिमणि भट्टराई

सदस्य: ई. गजेन्द्रकुमार झा

सदस्य: ई. उमेशप्रसाद चौधरी

सदस्य: ई. प्रताप सापकोटा

सदस्य: ई. सुदर्शन भण्डारी

सदस्य: ई. कृष्ण प्रसाद पाण्डे (कर्णाली प्रदेश )

सदस्य: ई. ओम प्रकाश गिरि (गण्डकी प्रदेश)

सदस्य: आ. जनक राज जोशी (सुदुरपस्चिम प्रदेश )

सदस्य: ई. पारस खड्का (प्रदेश न ५)

सदस्य: ई. लक्ष्मण कुमार यादव (प्रदेश न २)

सदस्य: ई. डा. कृष्ण राज पाठक (प्रदेश न ३)

सदस्य: ई. डेगराज पौडेल (प्रदेश न १)

नेपाल इन्जिनियर्स एसोसिएसनमा केन्द्रमा कुल २५ जनाको कार्यसमिति रहेको छ भने साट वटा प्रदेश गरेर १०५ (हरेक प्रदेशमा १५ जनाको पदाधिकारी सहित) जनाको कार्यसमिति रहेको छ ।

सपथ ग्रहण पश्चात नेपाल इन्जिनियर्स एसोसिएसनको ३२औ केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्य आफ्नो भनाई राख्दै

सपथ ग्रहण पश्चात नेपाल इन्जिनियर्स एसोसिएसनको ३२औ केन्द्रीय कार्यकारिणी समिति महासचिब  ई. छविराज पोख्रेल आफ्नो भनाई राख्दै

सपथ ग्रहण पश्चात नेपाल इन्जिनियर्स एसोसिएसनको ३ न प्रदेशको प्रथम  प्रादेशिक कार्यकारिणी समिति सभापति  ई. नन्दलाल बन्जाडे आफ्नो भनाई राख्दै

 

फोटो फिचर:

 

“नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई कार्यकालको लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ” – इन्जिनियर खबर

Leave A Reply

Your email address will not be published.