Engineeer Khabar

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा अधिकारी नियुक्त

0

काठमाडौँ, २२ पुस: नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् ।

सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा छनौट समिति गठन गरेको थियो । उक्त पदका लागि अन्तिम तीनजनामा प्राप्त नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो ।

खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । प्रधानमन्त्री कार्यालय स्रोतको अनुसार कार्यक्षमता र योजनाका आधारमा नेपाल टेलिकमको नेतृत्व नेपाल टेलिकममै कार्यरत  डिल्लीराम अधिकारीलाई  दिइएको हो ।

चितवनको दुर्गम मेघौली गाउमा हुर्किएका अधिकारी सरकारी बिधालय पढी अह्रोरात्र मिहिनत गर्दै पुल्चोक क्याम्पसबाट आफ्नो अध्ययन पुरा गरेका थिए । प्राबिधिक दक्षतामा सधै अब्बल एवं अग्रपंतिमा रही काम गरेका अधिकारी आफ्नो बिधार्थी जीवनको समयममा पनि उत्कृष्ट एवं मेधावी बिधार्थीका रुपमा चिनिन्थे । अधिकारी नेपाल टेलिकमकै दशौं तहका कर्मचारी हुन् । उनी टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार पनि हुन् । यस अघि सुर्य भक्त पोख्रेल निमित्त प्रबन्ध निर्देशक थिए ।

 

Leave A Reply

Your email address will not be published.