Engineeer Khabar

सेस नेपालद्वारा सिभिल इञ्जिनियरिङ्ग एक्सपोको भब्य सुरुवात:[फोटो फिचर सहित]

0

काठमाडौँ ,२३ माघ : सेस नेपाल (सिभिल इञ्जिनियरिङ्ग स्टुडेन्टस् सोसाइटी नेपाल) ले आज मंगलबारको दिन काठमान्डौ परिसरमा वक्याथान, आइ.ओ. ई स्ल्याम पोएट्री र फ्लाशमब आयोजना गर्दै शानदार पूर्वकालिन कार्यक्रम सम्पन्न गरेको छ ।

“दिगो र समुचित बिकासको गति, नविन इञ्जिनियरिङ्ग पद्दति” भन्ने मूल नाराका साथ हुनलागेको यस प्रदर्शनी पुल्चोक क्याम्पसमा अध्ययनरत सिभिल इञ्जिनियरिङ्ग बिद्यार्थीहरुको साझा संस्था सेसले आयोजना गर्नलागेको हो। सिभिल इञ्जिनियरिङ्ग स्टुडेन्टस् सोसाइटी नेपाल (सेस नेपाल) सिभिल इन्जिनियरिंग पढ्ने बिधार्थीहरुको क्लब हो जसले सिभिल इञ्जिनियरिङ्ग सम्बन्धित बिभिन्न क्रियाकलापहरु क्याम्पस परिसरमा गर्दै आएको छ । बिधार्थीहरुले गरेको मेहेनत, कन्सेप्ट तथा परिकल्पनाको प्रदर्शनी स्वरूप सेस नेपालले बर्षेनी इन्जिनियरिंग प्रदर्शन गर्ने गरेको छ ।

यसै क्रममा यहि माघ २४, २५ र २६ गते हुने गइरहेको सिभिल एक्जिविसनको पुर्व सन्ध्यामा  सेस नेपालले आज पुल्चोक क्याम्पसको प्राङ्गडबाट वाकाथन सुरु गरेको हो । उक्त कार्यक्रम  पुल्चोक क्याम्पसको प्राङ्गडबाट सुरु हुदै बसन्तपुर पुगेर फेरी क्याम्पस फर्किएर समापन भएको थियो। भब्य सहभागिताको बिचमा JCB मा ब्यानर टाँगेर निकालिएको र्याली कोपुण्डोल, माइतिघर, NAC हुदै बसन्तपुर पुगी, पुन सोहि बाटो हुदै क्याम्पस फर्किएको थियो।

“बिद्द्यार्थिहरुको उपस्थितिले हामि अत्यन्तै हर्षित छौ, केवल बिद्द्यार्थीहरु मात्र नभएर जो कोहि का लागीपनि यो एक्स्पो ज्ञानबर्दक र लाभदायक छ, समुचित विकास र समृद्धि हाम्रै पालामा कसरि सम्भव छ भन्ने जान्न उत्सुकहरुलाई हाम्रो निम्तो छ” सेस सचिब अभिनय अधिकारी ले इन्जिनियर खबर सम्बाददाता संग भने।

त्यस्तै गरि आज आयोजना गरिएको आइ ओ ई स्ल्याम पोएट्री प्रतियोगिता लोकप्रिय कविहरुको बेजोड उपस्थितिमा सम्पन्न भएको छ । उक्त क्रममा कबि दिनेश अधिकारी, महेश पौड्याल र नवराज पराजुलीले आफ्नो अमुल्य प्रस्तुतिसंगै कार्यक्रमको  शोभा बढाएका थिए। सोहि कार्यक्रममा छानिएका १५ प्रतिस्पर्धीहरु मध्ये उत्क्रिस्ट ३ जनालाई पुरस्कार वितरण पनि गरिएको थियो। उक्त कार्यक्रमका प्रमुख अतिथि दिनेश अधिकारीज्युले कविता प्रस्तुत गर्ने सबैलाई बिशेष धन्यबाद प्रकट गरेका थिए । आजको कार्यक्रमको अन्तिम शत्रमा यहि माघ २४,२५, र २६ गते हुन लागेको कार्यक्रममा आउन सबैलाई अनुरोध गर्दै पुल्चोक क्याम्पस र संकटा मन्दिरमा उत्कृष्ट नृत्य पेश गर्दै फ्लाश्मोब कार्यक्रम पनि समपन्न गरिएको  थियो ।

यस अघि +2 अद्ययनरत तथा स्नातक तहका बिद्द्यार्थीहरुलाई लक्षित गरेर हाजिरीजवाफ, ओलम्पियाड, पपेर ब्रिज लगयातका थुप्रै कार्यक्रमहरु उत्कृष्ट सहभागीताका साथ सेस नेपालले सम्पन्न गरिसकेको छ। यसै संगै सेस नेपालले आयोजना गर्न लागेको यस एक्जिविसनको प्रि-इभेन्ट्सहरु समापन भएका छन् र भोलि देखि भब्य रुपमा तिन दिन सम्म एक्जिविसनको रौनक चल्नेछ । माघको २४, २५ र २६ गते हुने यस देशव्यापी प्रतिस्पर्धामा देशैभरिका विद्द्यार्थीहरुले भाग लिने छन् भने उक्त प्रतिस्पर्धामा उत्क्रिसट हुनेहरुलाई पुरस्कारको पनि ब्यबस्था गरिएको छ।

र यसै संगै इन्जिनियर खबर टिम सेस नेपाललाई यस सिभिल एक्जिविसन भब्य रुपमा सफल पार्नको लागि बिशेष शुभकामना दिन चाहन्छौ र सम्पूर्ण महानुभावहरुलाई यहि माघ २४,२५, र २६ गते हुन लागेको कार्यक्रममा आफ्नो अमुल्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चाहन्छौ ।

[फोटो फिचर :]

 

 

Leave A Reply

Your email address will not be published.