Engineeer Khabar

सिरुटार–बिरुवा सडक शिलान्यास

भक्तपुर, २४ माघ : प्रदेश सरकारको रु एक करोडको लागतमा विस्तार हुन लागेको सिरुटार–बिरुवा सडकको प्रदेश नं ३ का सदस्य शशिजंग थापाले आज शिलान्यास गर्नुभयो ।

भक्तपुर र ललितपुर जोड्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार, वडा नं २ बालकोट र ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली र टीकाथली जोड्ने गुप्तेश्वर मन्दिरसँगै रहेको खोलाबाट बिरुवा पुग्ने उक्त सडकको विस्तार थालिएको हो । कौशलटार–बिरुवा सडक खण्डअन्तर्गत बालकोट पुलदेखि बिरुवासम्मको सडकको दायाँबायाँ पर्खाल लगाउने तथा ३६ फिटको चौडाइ बनाउने गरी सडक विस्तार गर्न लागिएको प्रदेशसभा सदस्य थापाले बताउनुभयो ।

सिरुटारमा खानेपानी, सडक र ढलको बिस्तार गरी नमूना र सुविधा सम्पन्न सिरुटार बनाउने अभियान थलिएको हो । कार्यक्रममा सूर्यविनायक नगरपालिका– १ का वडाध्यक्ष सानुकाजी कायस्थले जीर्ण बालकोट–सिरुटार जोड्ने पुल निर्माण गरिने बताउनुभयो । रु एक करोडको लागतमा बन्न लागेको सो पुलको बोलपत्र आह्वान भइसकेको छ ।  (रासस)

Leave A Reply

Your email address will not be published.