Engineeer Khabar

ने.ई.ए प्रदेश नं ३ द्वारा राष्ट्रिय पुन:निर्माण प्राधिकरणलाई ज्ञापनपत्र

काठमाडौँ, ०३ फाल्गुन : नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिले शुक्रबार सिंहदरबार स्थित राष्ट्रिय पुन:निर्माण प्राधिकरणको कार्यालयमा प्राविधिकहरूले पाईआएको सेवासुविधा , फिल्ड भत्ता यथाशिघ्र उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक र इन्जिनियरहरुले बिहीबारदेखि कामकाज ठप्प पारेर सदरमुकाम केन्द्रित भएका छन् । माघ १६ गते नै आफ्ना मागहरु स्पस्ट रुपले राख्दै १५ दिने अल्टिमेटम दिएका उनीहरुले फागुन १ गतेसम्म कुनै सम्बोधन नभएको हुदा उनीहरुको माग प्रति प्राधिकरण सकारात्मक नभएको कुरा बताएका छन् ।

राष्ट्रिय पुन:निर्माण प्राधिकरण अन्तरगत स्थानीय तहमा खटिएका प्राविधिक तथा ईन्जिनियरहरूले यस अघि पाईआएको सेवासुविधा , फिल्ड भत्ताहरु नपाएको र प्राबिधिकहरुको आवाज नसुनिएको प्रति गम्भीर ध्यानाकर्षण गर्दै नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिले सो व्यवस्था यथाशिघ्र उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।

त्यस्तै सिन्धुली जिल्ला अवस्थित ध्याङलेख गा.पा वार्ड न ५ मा पुननिर्माण महाअभियानमा खटिएका सब.इन्जिनियर रण बहादुर राणा माथी माघ २५ गते दिउँसो ३ बजेको समयमा  वडा अध्यक्ष विष्णु कुमार कर्माचार्यले कार्यालयमा काम गरिरहेका बेला हातपात भएको घटना प्रति पनि नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिलेले खेद प्रकट गरेको छ । पटक पटक पुननिर्माण प्राविधिकहरुले भोग्नु परेको घटना प्रति दुख पोख्दै यस्ता किसिमका तीता अनुभबहरुलाई आगामी दिनमा नदोहोर्याउन र आवश्यक सुरक्षाको प्रत्याभूति गराउन ने.ई.ए ३ नं प्रदेश कार्यकारिणी समितिले जोडदार माग गरेको कुरा ने.ई.ए ३ नं प्रदेश कार्यकारिणी समितिका सचिब प्रदिप अधिकारीले इन्जिनियरखबर सम्बाददातालाई जानकारी गराउनुभयो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली ज्युले भत्ताको निर्णय कार्यकारि समितिबाट निर्णय भई सबै प्रक्रिया पूरा गरेर अन्तिम स्विक्रितिको लागि मन्त्रीपरिशद पठाइ सकिएको र सङ्गसंगै न्यायोचित भत्ता बितरण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको कुरा सचिब अधिकारीले जानकारी दिनु भयो ।

[फोटो: बिज्ञप्ति]

Leave A Reply

Your email address will not be published.