Engineeer Khabar

बेल्ट एण्ड रोड इनिसियटिभ समबन्धि अन्तराष्ट्रिय सम्मेलन हुदै

काठमाडौँ, ०५ फाल्गुन :

नेपालमा मात्र नभई बिश्वभर प्रभाव राख्दै मित्रराष्ट्र चीनले प्रस्ताव गरेको Belt and Road सम्बन्धि विभिन्न अभियानहरु विश्वब्यापी रुपमै संचालन भईरहेका छन् । सोहि सन्दर्भमा यसै वर्ष चीनको राजधानी बेइजिङ्गमा विश्वका  ३३  वटा  देश  र  संस्थाहरु  सहभागी  भई Belt and Road International  Transport Alliance (BRITA)  नामक अन्तराष्ट्रिय संगठनको समेत निर्माण भइसकेको छ र त्यसमा नेपालबाट नासा फाउन्डेसन सो संगठनको बोर्ड मेम्बरको रुपमा रहेको छ भने China Highway  and Transportation Society ले सचिवालयको कार्य गरिरहेको छ ।

उक्त संगठनले मुलत: One Belt One Road  सम्बन्धि  नीतिगत  कार्यमा  सहयोग,  प्राविधिक  शिप  तथा  ज्ञान  हस्तान्तरण,जनस्तरबाट Belt and Road मा सहभागिता, Belt and Road का विभिन्न पक्षहरुमा सुझाव तथा लबिङ्ग, सभा, समारोह, तालिम तथा अध्ययन—अनुसन्धान लगायतका कार्यहरु गर्दछ ।

सो संगठनको स्थापना सम्मेलन (बेइजिङ्ग) पश्चात दोस्रो अन्तराष्ट्रिय सम्मेलन यहि  फेब्रुअरी २५, २६ र २७ तारिकका दिन ललितपुर स्थित होटल हिमालयमा “Belt and Road Initiative: Nepal Connecting the World– Benefits and Challenges” आयोजना हुन गईरहेको छ  उक्त सम्मेलनको मूल विषयहरु Nepal with BRI, Infrastructure Development, Drive Tourism and Trade / Transport Safety रहेको जानकारी प्रेश बिज्ञप्तिमा उल्लेखित छ ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल द्वारा उद्घाटन गरिने सो सम्मेलन Belt and Road Initiative अन्तर्गत नेपालमा भईरहेको सडक यातायात क्षेत्रसंग सम्बन्धित सम्भवत पहिलो अन्तराष्ट्रिय सम्मेलन हो । सम्मेलनमा चीन, भारत, संयुक्त अधिराज्य, लात्भिया, नाइजेरिया र मलेसिया लगायतका एक दर्जन देशका तीन दर्जन सहभागी हुने अपेक्षा  गरिएको छ ।

सडक सहितका पूर्वाधार, एसियन हाइवे, स्टार रेटिंङ्ग रोड्स, ड्राइभ टुरिजम र टुडे ट्रान्सपोर्ट ब्यबस्थापन र सुरक्षा जस्ता मूल विषयमा लगभग दुई दर्जन वक्ताहरुले कार्यपत्र  प्रस्तुत गर्नु हुनेछ ।  कन्फ्रेन्समा इञ्जिनियर,व्यवसायी, स्थानीय सरकारका प्रतिनिधि, केन्द्र तथा प्रदेश सरकारका प्राविधिक र पदाधिकारी, विभिन्न संघसंथाका प्रतिनिधि तथा कलेजहरुबाट सहभागिता रहने छ ।

१३० जनाको सहभागिता रहने सो कन्फ्रेन्समा FNCCI, Nepal Engineers Association जस्ता प्रतिष्ठित संगठनहरुको सहयोग र प्रस्तुति समेत रहने छ । सडक बोर्ड नेपाल संगको सहकार्यमा सम्पन्न हुने  सो कन्फ्रेन्सको आयोजक Belt and Road International Transport Alliance(BRITA) तथा व्यवस्थापकमा नासा  फाउन्डेसन तथा संयोजन नेपाल अटोमोवाइल्स एसोसिएसन NASA ले गर्ने छ ।

उक्त कन्फ्रेन्स संचालन गर्नका लागि मेघराज पौड्यालको संयोजकत्वमा सचिवालय तथा आशिष गजुरेल लगायतको विज्ञ टिमको गठन गरिएको छ । 

Leave A Reply

Your email address will not be published.