Engineeer Khabar

सिडिएससिलाई सुझाव दिदै ने.ई.ए.३ नं प्रदेशले बुझायो ज्ञापनपत्र

0

काठमाडौँ, ०५ फाल्गुन : नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिले आज पुतलीसडक स्थित सिडिएससि लिमिटेडको कार्यालयमा  सिडिएससिद्वारा प्रकाशित स्थायी पदपूर्ति गर्ने बिज्ञापनमा तीनवटा फरक तहको असान्दर्भिक न्युनतम योग्यता तोकिएको सूचनालाई सच्च्याउने माग सहित ज्ञापनपत्र बुझाएको छ ।

सिडिएससिद्वारा मिति २०७५/१०/२२ मा प्रकाशित सूचना नं ०२/०७५-०७६ को स्थायी पदपूर्ति गर्ने बारेको सूचनामा फरक फरक तीनवटा तहको (वरिष्ठ आईटी अधिकृत (सातौं); आइटी अधिकृत (छैठौं); बरिष्ठ सहायक (पाँचौं) र बरिष्ठ कम्प्यूटर अप्रेटर (पाँचौं) ) पदहरूका लागी न्यूनतम शैक्षिक योग्यता एकै (स्नातक) राखिएको र स्नातक उपाधी हासिल गरेका ईन्जिनियर वा सो सरहको शैक्षिक योग्यता हासिल गरेका प्राविधिक जनशक्तीको योग्यताको अवमूल्यन भएको जानकारी ने.ई ए ३ नं प्रदेश कार्यकारिणी समितिका सहसचिब शरद पण्डितले इन्जिनियरखबर सम्बाददातालाई जानकारी दिनु भयो  । 

आज मिति २०७५/११/०५ गते सिडिएससि लिमिटेडको प्रमुख ज्यूलाई ने.ई.ए ३ नं प्रदेश कार्यकारिणी समितिले गम्भीर ध्यानाकर्षण गराउदै संशोधनका लागि आवश्यक कदम चाल्न समेत माग गरेको छ ।

त्यस्तै, सोहि क्रममा लोक सेवा आयोगका माननीय अध्यक्ष उमेश प्रसाद मैनालीज्युसंग यस सम्बन्धमा ने ई ए ३ नं प्रदेश कार्यकारिणी समितिले गम्भीर चासो समेत व्यक्त गरेको छ ।

“स्नातक उपाधी हासिल गरेका प्राविधिक जनशक्तिहरूको तह निर्धारण गर्दा कम्तिमा अधिकृतस्तरको हुने गरी एकरूपता कायम गरिनु पर्ने र ईन्जिनियरहरुको आत्म सम्मान तथा गरिमा माथी आच आउन नदिन, ने इ ए प्रदेश न ३ सचेत तथा प्रतिवद्द रहेको कुरा सहसचिब पण्डितले जानकारी दिनुभयो  ।

[बिज्ञप्ति]

Leave A Reply

Your email address will not be published.