Engineeer Khabar

ने. ई. ए. ३ नं प्रदेशको ध्यानाकर्षण संगै निगमको सूचना संशोधन

काठमाडौँ, १३ फागुन: नेपाल वायु सेवा निगमबाट मिति २०७५।११।१० गते प्रकाशित स्थायी पदपूर्ति सम्बन्धी सूचना तर्फ नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिको गम्भीर ध्यानाकर्षण पश्चात निगमले आफ्नो सूचना संसोधन गरेको छ ।

मिति २०७५।११।१० गते प्रकाशित सूचनाको विज्ञापन नं ०७।०७५।०७६, ०८।०७५। ०७६ र ०९।०७५। ०७६ मा क्रमशः अपरेशन्स ईन्जिनियर, सिभिल ईन्जिनियर र अटोमोबाइल ईन्जिनियर पदहरुका लागि आवश्यक न्यूनतम योग्यतामा “त्रि.वि.वि बाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा बि.ई. उत्तीर्ण गरेको” भनी उल्लेख गरिएको थियो भने सोही प्रकृतिका अन्य पदहरुमा भने “नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालय वा शिक्षण संस्थाबाट सम्बन्धित विषयमा बि.ई. उत्तीर्ण गरेको” भन्ने भनि उल्लेख भएको थियो ।

प्रकाशित बिज्ञापनको सूचनाहरुमा तादम्यता नमिलेको ठहर गर्दै उक्त सूचनाले अन्य विश्वविद्यालयबाट उत्तीर्ण ईन्जिनियरहरुलाई सहभागी हुन अन्योलता उत्पन्न गरेको र यसले बिभिन्न विश्वबिधालयबाट उतिर्ण गरेका इन्जिनियरहरु बीच विभेद देखाएको कुरा नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिका उपसभापति डिल्लीराम भट्टले इन्जिनियरखबर संग बताउनुभयो । साथै सो सूचना तत्काल सच्याउदै नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक उपाधी हासिल गरेका ईन्जिनियरहरुलाई समान रुपले अवसर प्रदान गर्न गत आइतबार राखिएको जानकारी समेत गराउनुभएको थियो । सो पत्र बुझ्दै, Human Resource Director(HRD) प्रमुखज्यूले ध्यानाकर्षणबारे नेपाल ईन्जिनियर्स एशोसिएसन, ३ नं प्रदेश कार्यकारिणी समितिलाई बिशेष धन्यवाद दिदै नेपाल सरकारबाट मान्यता प्राप्त सम्पुर्ण बिश्वबिद्धालयबाट उतिर्ण गरेका आवेदकहरुको आवेदन स्विकार गरिने र सूचना समेत संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी उपसभापति डिल्लीराम भट्टले दिनु भएको थियो ।

र यसै संगै आज मिति २०७५।११।१३ गते नेपाल वायु सेवा निगमले आवश्यक न्युनतम योग्यता अन्यथा हुन गई भन्दै संसोधित सूचना प्रकाशित गरेको छ ।

[हेर्नुहोस संसोधित सुचना सहित]

संसोधित सुचना

http://gorkhapatraonline.com/epaper/showimage?img=uploads/epaper/2019-02-25/f883fc5c799336600140ebe668b29236.jpg

बिज्ञापन श्रोत : http://gorkhapatraonline.com/epaper/showimage?img=uploads%2Fepaper%2F2019-02-22%2F70e0a4d9667c21b28b8b87026635d3bf.jpg&fbclid=IwAR1UAH7sHNZWVYK2U_jLwPRQYtOSM8Bb055HTqdY1nfEVmqlkHWi8BBVRg8

 

Leave A Reply

Your email address will not be published.