Engineeer Khabar

ने.ई.ए द्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण

0

काठमाण्डौ, ०८ चैत्र: पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणको महाअभियानमा खटिएका प्राविधिकहरुले विगत एक महिना देखि गरिरहेको आन्दोलनको विषयमा नेपाल ईन्जिनियर्स एसोसिएसनले शुक्रवार पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण गराएको छ।

गत आर्थिक बर्ष २०७४/७५ मा आफ्नो तलव स्केलको ३५% रकम प्रोत्साहन भत्ता र कार्यरत भूगोल अनुसार सुन्य देखि ४०% सम्म दुर्गम भत्ता पाउदै आएका थिए। तर यस आर्थिकबर्षको सुरुदेखि नै आफुले पाउनुपर्ने सेवासुविधा नपाएको भन्दै प्राविधिकहरु आन्दोलित भएका छन् । त्यस्तै गरि, यहि फागुन १ गतेबाट प्रोत्साहन भत्ता अनुरुप तलव स्केलको ५०% रकम दिने निर्णय मन्त्रिपरिषदबाट भएकोमा यसै आर्थिक वर्षको (शुरु देखि नै) श्रावण देखि नै उक्त सुविधा पाउनुपर्ने माग प्राविधिकहरुको छ।

यसै क्रममा आज  मिति २०७५/१२/०८ गते नेपाल इन्जिनियर्स एसोसिएसन ३ न प्रदेश कार्यकारिणी समितिका सभापतिको नेतृत्वमा गएको टोलीले फिल्डमा खटिएका इन्जिनियरहरूको माग छिटो सम्बोधन गर्न र यस अघि पटक पटक गरीएको अनुरोधलाई गम्भिरता पूर्वक मनन गर्न प्राधिकरणको गम्भिर ध्यानाकर्षण गराएको छ । सो ध्यानाकर्षणलाई सम्बोधन गर्दै सिईओ ज्ञवालीले प्रोस्ताहन भत्ता ३५ बाट ५० % गरिसकिएको र उक्त भत्ताका अतिरिक्त दुर्गम भत्ताका हकमा पूर्ववत ०-४०% कायम गर्ने सिफारीस सहित अर्थमन्त्रालयमा पत्राचार गरिएको र सो बापत लाग्ने कूल बजेट समेत उल्लेख गरी बजेट समेत माग गरी सकिएको व्योहोरा डेलिगेशनको टोली संगै इन्जिनियरखबरका सम्बाददाता सामुन्ने जानकारी गराउनु भयो । 

सिईओ ज्ञवालीले आगामी हप्ता दश दिन सम्ममा सो काम सम्पन्न हुने कुरामा आफु विस्वस्त भएको र फिल्डमा खटिएका इन्जिनियर साथीहरूले आन्दोलन स्थगित गरी जनता र राष्ट्रको काममा नियमीत लाग्न अनुरोध समेत गर्नु भएको छ ।

ज्ञवाली, आफु पनि एक इन्जिनियर पेशाकर्मी रहेको र फिल्डमा खटिएका इन्जिनियर साथीहरुको पक्षमा सिफारीस गरीए बमोजिम निर्णय गराउन पहल गर्ने र नेपाल इन्जिनियर्स एशोसिएसनले पनि यस तर्फ आवश्यक सहयोग गर्न आग्रह गर्नु भएको एशोसिएसनका प्रदेश ३ सभापति श्री नन्दलाल बन्जाडेले बताउनु भयो । सोहि क्रममा सभापति बन्जाडेले अब फेरी एशोसिएशनले यसका लागी पुनः डेलिगेशन आउनु नपर्ने कुराको प्रत्याभूति गर्न कार्यकारी निर्देशकलाई सुझाउनु भएको डेलिगेशनमा सहभागी एक इन्जिनियरले बताउनु भयो ।

उक्त टोलीमा नेपाल इन्जिनियर्स एसोसिएसनका उपमहासचिव, सहकोषाध्यक्ष, ३ न प्रदेश सदस्यहरु लगायत पुनर्निर्माणमा कार्यरत इन्जिनियरहरुको समेत उपस्थिति थियो ।

नेपाल इन्जिनियर्स एसोसिएसन ३ न प्रदेश सभापति, ई. नन्दलाल बन्जाडे मिडियासंग जानकारी गराउदै

सम्माननीय प्रधानमन्त्रीज्युको अध्यक्षतामा बसेको निर्देशक समितिको मिति २०७५/०५/२१को बैठकको निर्णयले २०७५ श्रावण देखि नै निरन्तर प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपालसरकार (मन्त्रिपरिषद्) मा प्रस्ताब पेश गर्न भनिएको तर सो बमोजिम निर्णय भएको अवस्था नरहेको हुदा जिल्लास्तरबाट बिरोध आउन थालेको हो । सो समस्याको समाधानका लागि मिति २०७५/१२/०१ गतेको नेपाल सरकार (सचिबस्तर) निर्णयानुसार श्रावणदेखि नै प्रोत्साहन भत्ता उपलब्ध गराउन अनुरोध गरिएको छ । पुनर्निर्माण प्राधिकरणका सीइओ अनुसार प्राविधिकहरुले खाईपाई आएको सुबिधा कटौति नहुने गरि व्यवस्था गर्न पुनर्निमाण प्राधिकरण निर्देशक समितिले निर्णय गरि स्विकृतिको सिफारिशको लागि अर्थ मन्त्रालयलाई निवेदन पठाइएको जानकारी दिनुभएको छ।

 

यस अघि पनि नेपाल ईन्जिनियर्स एसोसिएसनले सो समस्याको बारेमा छलफल एवं समाधानका लागि पटक पटक प्राधिकरणको ध्यानाकर्षण गराउदै सरोकारवाला पक्षहरुसंग छलफल गर्दै आएको छ ।

No photo description available.

त्यस्तै गरि, गत बिहिबार आन्दोलित प्राविधिकहरुलाई भक्तपुर प्रहरीद्वारा धरपकड समेत गरेकोमा इन्जिनियर्स एसोसिएसनले खेद प्रकट गरेको छ र ने.ई.ए. को पहलमा प्रहरी हिरासतमा राखिएका आन्दोलनरत इन्जिनियरलाई बिहिबार नै रिहा गरिएको छ ।

Leave A Reply

Your email address will not be published.