Engineeer Khabar

प्रगतिशील इन्जिनियर्सद्वारा स्थलगत अध्ययन तथा राहत बितरण

0

चैत्र २१, बारा । नेकपा निकट इन्जिनियरहरुको जनसङठन प्रगतिशील इन्जिनियरिंग एसोसिएसन नेपाल (पिन) बारा पर्साको आधीँ हुरी प्रभावित क्षेत्रमा खटिएको छ । केन्द्रिय कमिटीद्वारा सङ्कलन गरिएको नगद, जिन्सी सामान सहित बारा र पर्साका विभिन्न ठाउँमा राहात बितरण संग-संगै स्थालगत अध्ययन सम्पन्न गरेको छ  ।

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपालका सचिवालय सदस्य इन्जिनियर शिवमंगल गिरीको नेतृत्वमा ई. सञ्जिब रोकाहा, ई. टेकराज सुवेदी, ई. सुरज गौतम, आ.सुगन्ध सुवेदी, ई. विजय थारु, ई. दिलीप विश्वकर्मा, ई. राम एक्वाल यादवसहितको टोलीले संकलित राहत सामग्री बाराको तेल्कुइमा ४३ घरधुरीलाई वितरण गरेको छ। प्रत्येक परिवारलाई २५ केजी चामल, लत्ता कपडा, झुल, पानी, जुस, चाउचाउ र सावुन लगायतका समार्ग्री बितरण गरिएको जानकारी ई. सञ्जिब रोकाहाले दिए । साथै उक्त टिमले हुरी आधीको प्रभाव, भौतिक संरचनाको क्षतिको प्राविधिक अध्ययन समेत सुरु गरेको छ। प्रभावित क्षेत्रमा पीडितहरुले राहत सामग्री पाएता पनि विजुलीको समस्या रहेको जानकारी समेत ई रोकाहाले गराए ।

सङ्कलित अध्ययनको प्रतिबेदन नेकपाका अध्यक्षद्वयलाई बुझाइ उचित प्राविधिक सल्लाह सुझाव समेत दिने तयारी पिनले गरेको छ। घरको छानामा ठुला ढुंगा राख्दा ढुंगा खसेर तथा घर छेउमा भएका रुखहरु घरमा ढलेर मानिसको मृत्यु भएकोमा जरा सतही हुने बाँस रबरका रुखका कारण पनि केही घटना घटेको प्रारम्भिक अध्ययनले देखाएको इन्जिनियर हरुको ठहर छ।

आगामी दिनमा बन्ने संरचनामा पुर्ण सुरक्ष अपनाउनु पर्ने देखिएको छ। घर निर्माणमा सुरक्षा अपनाउन कमजोरी भएको कारण धेरै जनधनको क्षती भएको बुझाइ छ। सम्पुर्ण प्राविधिक पक्षको अध्ययन पश्चात् अन्तिम निष्कर्षमा पुग्ने इन्जिनियरको भनाइ छ। साथै फेटा को मुख्य घटनास्थलको समेत अध्ययन गरिएको र दुई तीन दिन मा सम्पुर्ण अध्ययन सकेर प्रतिबेदन तयारी गरिने इन्जिनियर शिव मङ्गल गिरीले इन्जिनियरखबरलाई बताए ।

 

Leave A Reply

Your email address will not be published.