Engineeer Khabar

इन्जिनियरमाथि हातपात गर्ने वडा सदस्य हत्कडीसहित गिरफ्तार

0

काठमाण्डौ, २४ चैत्र :  सिन्धुपाल्चोकस्थित लिसंखु पाखर गाउपालिकामा कार्यरत इन्जिनियर ई. कपिल श्रेष्ठमाथी उनकै कार्यकक्षमा गत  चैत्र १७ गते आक्रमण गर्ने वडा सदस्य दावा ग्याम्छो तमाङ हत्कडी सहित गिरफ्तार भएका छन् ।

मिति २०७५ साल चैत्र १७ गते बिबादित योजना संचालनको बिषयलाई लिएर डयाङछुप सेन्पा गुम्बा स्तुपा स्तुपा निर्माण उपभोक्ता समितिका अध्यक्ष दावा ग्याम्छो तामांग र वडा न १ ठुलो धादिंगका वडा सदस्य दावा दोर्जे तामांगले कार्यरत इन्जिनियरलाई उनकै कार्यकक्षबाट बाहिर ल्याई गालिगलौच, हातपात लगायतका अभद्र व्यवहार गरेका थिए ।  सोही दिनदेखि त्यहाँका कर्मचारहिरुले सुरक्षाको माग राख्दै सम्पूर्ण काम बन्द गरेका थिए ।

नेपाल इन्जिनियर्स एसोसिएसन ३ न प्रदेशले बुझाएको पत्र बुझ्दै, प्रमुख जिल्ला अधिकारीज्युले  आफु कर्मचारीको सुरक्षाप्रति सचेत तथा गम्भीर रहेको र यसमा आवश्यक प्रकृया अगाडी बढाउन प्रतिबद्द रहेको जानकारी, एसोसिएसनका सभापति ई नन्द लाल बन्जाडेले इन्जिनियरखबरलाई बताउनुभयो  ।

यस बिषयप्रति इन्जिनियर एशोसिएसनले गभ्भीर ध्यानाकर्षणमात्र मात्र नभई एसोसिएसनका प्रतिनिधि स्वयं त्यस ठाउ पुगेर प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी र एसपी मुकुन्द मरासिनीलाई भेटेर ज्ञापनपत्र बुझाएको छ । जस्को प्रतिफलस्वरुप प्रहरी र जिल्ला प्रशासनले आवश्यक कारबाहीको प्रक्रिया अगाडी बढाएको छ ।

आज मिति २०७५ चैत्र २४ गते, वडा सदस्य दावा ग्याम्छो तमाङलाई हातमा हतकडी लगाई प्रक्राउ गरिएको छ । एसपी मुकुन्द मरासिनीका अनुसार काठमाडौंबाट पक्राउ गरिएका उनलाई अभद्र व्यवहार गरेको आरोपमा कारवाही हुनेछ । अहिले उनलाई सिन्धुपाल्चोकै हिरासतमा राखिएको छ ।

नेपाल इन्जिनियर्स एसोसिएसन ३ न प्रदेशले यस अघि पनि मिति २०७५ साल चैत्र १९ गते  “संलग्न दोषीहरु माथि आवश्यक कानुनि कारबाही गर्न ” प्रेश बिज्ञप्ति जारि गरेको थियो । ने. ई.ए संगसंगै गाउपालिकाको कार्यालय, कर्मचारीका ट्रेड युनियनले समेत बक्तब्य जारि गरेको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.