Engineeer Khabar

नेईए आफ्ना एजेण्डाहरुप्रति प्रतिबद्ध: “दुर्घटना बिमा, इन्जिनियर्स हाइड्रोदेखि न्युनतम पारिश्रमिकसम्म” -प्रा.डा. त्रिरत्न बज्राचार्य

0

काठमाडौँ, ३० चैत । नव निर्वाचित नेपाल ईन्जिनियर्स एशोसिएशनले आफ्ना गतिबिधिहरु संग-संगै दुर्घटना बिमा, इन्जिनियर्स हाइड्रोदेखि न्युनतम पारिश्रमिकसम्मका कार्यहरुलाई अगाडी बढाउन कार्यदलसहित को गृहकार्य गरिसकेको र आफ्ना चुनावी दौरानमा प्रस्तुत एजेण्डाहरु पुरा गर्न प्रतिबद्द रहेको जानकारी गराएको छ ।

एशोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्यको संयोजकत्वमा गत शुक्रवार ललितपुर स्थित इन्जिनियर्स भवनको आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दै देशमा संघिय संरचनालाई चुस्त र सहज तरिकाले संचालन गर्ने सिलसिलामा विद्यमान अवस्थामा सरकारका देखिएका चुनौतिहरुलाई केन्द्र, प्रदेश र स्थानीय समितिहरुको समन्वयात्मक भूमिका तथा आफ्नो क्षेत्राधिकार, दायित्व तथा पेशागत गतिविधिहरु सञ्चालनमा देखिएका समस्याहरुलाई समाधान गर्न एशोसिएसन निरन्तर  लागि रहेको बताउनु भएको  छ ।

एशोसिएसनले नवनियुक्त कार्यकारिणी समितिले पदभार ग्रहण गरे पश्चातका बिभिन्न गतिविधिहरुको जानकारी गराउदै गर्दै प्रेश विज्ञप्ती जारी गरेको छ । त्यस्तै आफुहरुले निर्वाचनताका गरिएका प्रतिबद्धताहरुलाई सम्बोधन गर्नका लागि बिभिन्न कार्यदल गठन गर्दै द्रुत गतिमा कार्यहरु सम्पादन भईरहेको जानकारी समेत उल्लेख गरिएको छ । सोहि क्रममा इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको कार्यलाई अघि बढाएको, इन्जिनियरिङ सेवा ऐन लागु गर्नको लागि आवश्यक पहल, ईन्जिनियर सदस्यहरुको मात्र व्यक्तिगत लगानीमा करिब ५० देखि १०० मेगावट क्षमताको इन्जिनियर्स हाइड्रो, दुर्घटना विमा, न्युनतम वेतन, एक्सन प्लान तय लगायत प्रदेश तथा स्थानीय केन्द्र सञ्चालन सम्बन्धी नियमावली समेत तयार  गरेको लगायतका गतिविधिहरु बुदागत रुपमा विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

त्यस्तै गरि, एशोसिएसनले हरेक महिनाको एउटा शुक्रवार, राष्ट्रिय गौरव तथा राष्ट्रिय पूर्वाधार विकास बहसको श्रृङ्खला शुरु गरेको जानकारी दिएको छ । सोहि क्रममा, निजगढ “अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान आवश्यकता र औचित्य”, “Innovative  Green Construction Material”, “सम्मानित ईन्जिनियरिङ पेशाका लागि नेपाल ईन्जिनियरिङ परिषद्को भूमिका”, “How to use Road Safely”, “A Power Talk-अन्तर्राष्ट्रिय महिला दिवस”, “पूर्वाधार विकासमा स्थानीय सरकार र नेपाल ईन्जिनियरिङ परिषद्को भूमिका”, “सिक्टा सिचाई आयोजनाः समस्या र समाधान”, “राष्ट्रिय पुनर्निर्माण प्राधिकरणः उपलब्धि र योजना” लगायतका अन्तरक्रिया, बहस तथा सबाल कार्यक्रमहरु सम्पन्न भइसकेको छ ।

एशोसिएसनले गत चैत १७ गते गएको विनाशकारी हावा हुरी प्रभावितको स्थलगत अध्ययन गरी विस्थापितको पूर्नवासको लागि सहजीकरण गर्ने तथा नेपाल सरकारलाई सुपरिवेक्षण तथा प्राविधिक पक्षको सम्पूर्ण सहयोग समेत गर्ने भएको छ ।

विज्ञप्तीमा एशोसिएसनको विभिन्न कालखण्डमा देशमा घटेका राजनैतिक परिवर्तनको घडिमा होस् अथवा इृन्जिनियर सदस्य, राष्ट्र तथा समाजको लागि आफ्ना उद्देश्य अनुसार अघि बढ्न कुनै पनि कसर बाँकी नराख्ने समेत प्रतिवद्धता व्यक्त गरेको छ । साथै अब उपरान्त फुल टाइम NEA मा रहेर इन्जिनियर हित का लागि कार्य गर्ने प्रतिबद्धता समेत एशोसिएसनका अध्यक्षले जनाउनु भएको छ ।

[प्रेश बिज्ञप्ति]

 

क्यालेन्डर बिमोचन सम्पन्न 

गत शुक्रबार प्रेश बक्तब्य संगै, इन्जिनियर्स एसोसिएसनले नयाँ बर्षको शुभकामना संग-संगै क्यालेन्डर बिमोचन समेत गरेको छ । सो कार्यक्रममा, नेपाल इन्जिनियर काउन्सिलका अध्यक्ष डिल्लीरमण निरौला , नेपाल इन्जिनियर्स एसोसिएसन ३ न प्रदेशका सभापति ई. नन्दलाल बन्जाडे  , निबर्तमान महासचिब ई. उमेश थानी, नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्व पदाधिकारी लगायत इन्जिनियरहरुको उल्लेखनीय उपस्थिति थियो ।

Hill Side Ad Banner

[फोटो ग्यालरी]

Leave A Reply

Your email address will not be published.