Engineeer Khabar

फिलिपिन्समा पुन: भूकम्पको धक्का, ११ जनाको मृत्यु र २४ जना बेपत्ता

0

फिलिपिन्सको समार नामक प्रान्तमा मंगलवार मध्याह्नमा पुनः ६ दशमदब २ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको त्यहाँको भौगर्भिक केन्द्रले जनाएको छ ।

भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो ।

सोमबार गएको भूकम्पबाट मारिने व्यक्तिको संख्या ११ पुगेको छ भने २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् ।  ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने अनुमान लगाइएको छ ।उक्त शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गरेका छन् । भूकम्पको परकम्प ४ सय पटकभन्दा बढी अनुभव गरिएको छ ।

राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन् ।

उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

Leave A Reply

Your email address will not be published.