Engineeer Khabar

“प्राविधिकभत्ता अनि राजिनामाको राजनीति” – पुनर्निर्माणको महाअभियान

0

१३ वैशाख, काठमाडौं: सरकारले आगामी २ वर्षभित्र सम्पूर्ण पुनर्निर्माणको सम्पूर्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिरहदा पुनर्निर्माण प्राधिकरण अन्तर्गत खटिएका केहि प्राविधिकहरुले सामुहिक राजिनामा दिएका छन् ।

पुनर्निर्माण प्राधिकरणमा कार्यरत प्राविधिकहरुले आफुले उठाएका मागहरु सुनुवाई नभएको भन्दै उनीहरु एक्सनमा आएका छन् भने यता प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल इन्जिनियरिङ एशोसिएसनका पदाधिकारीको रोहबरमा उनीहरुको माग पूरा भएको जानकारी गराइसकिएको भन्दै सामुहिक राजिनामाको धम्की गलत भएको बताए । ज्ञवालीले प्राविधिकहरु काममा नफर्किए कडा कदम चाल्न प्राधिकरण बाध्य हुने जानकारी समेत दिएका छन् । उनले सरकारले गरेको निर्णय समेत सार्वजनिक गरेका छन् ।

गत चैत्र १५ गतेकै मन्त्रिपरिषदको निर्णयले पुनर्निर्माणमा खटिएका प्राविधिकलाई भाद्रदेखि नै दुर्गमभत्ता र अतिरिक्त भत्ता उपलव्ध गराउने निर्णय गरिसकेको र सो जानकारी प्राधिकरणले आन्दोलरत प्राबिधिकहरुलाई समेत गराइसकेको थियो । तर उक्त जानकारीलाई बेवास्ता गर्दै प्राबिधिकहरुले आफ्नो स्वार्थ अनुरुप सामुहिक राजीनामा दिएर पुनर्निर्माणको काम प्रभावित गर्न खोजेको आरोप समेत लागेको छ ।

Hill Side Ad Banner

त्यस्तै सामुहिक राजीनामा दिनु भन्दा एकदिन अगाडी केहि प्राबिधिकहरुले नेपाल इन्जिनियर्स एसोसिएसनको केन्द्रीय कार्यालयमा समेत तालाबन्दी गरिदिएका थिए ।

एसोसिएसनका महासचिव छवि पोखरेलका अनुसार नेपाल पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुले उठाएका मागहरुको सुनुवाई सम्बन्धमा सार्वजनिक रुपमा भ्रम सृजना गर्न खोजिएको देखिएकोले सबैको जानकारीको लागि एसोसिएसनले प्रेश बिज्ञप्ति जारि गरेको छ । महासचिव छवि पोखरेलले आफूहरुसहितको रोहबरमा भएको सहमति विपरीत राजीनामा दिने कुराले अचम्म लागेको र यसले पुनर्निर्माणको महान अभियानलाई अवरोध पार्ने आशंका गरेका छन् ।

 

 

 

Leave A Reply

Your email address will not be published.