Engineeer Khabar

पर्किङ्ग शुल्क उठाउने नाममा अर्धकट्टी बिक्री गर्ने पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डोमेस्टिक टर्मिनलमा रहेको सवारी पार्किङ्गको ब्यवस्थापनको ठेक्का लिएको कम्पनी चम्पेश्वर निर्माण सेवा प्रालीकै नामको पार्किङ्ग रसिदको अर्धकट्टी पुनः अर्को सवारी साधनलाई वितरण गरी त्यसबाट समेत रकम असुल्ने र तोकिएको भन्दा तेब्बर रकम उठाइरहेको चम्पेश्वर निर्माण सेवा प्रालीको कार्मचारी शुक्रबारदेखी महानगरीय प्रहरी वृत, गौशालको नियन्त्रणमा रहेका छन् ।

बैशाख १३ गते विमानस्थलको डोमेस्टिक टर्मिनलमा राखेको मोटरसाइकल निकाल्ने क्रममा चम्पेश्वर निर्माण सेवा प्रालीको कार तथा हलुका सवारीलाई काटेको रसिदको अर्धकट्टी मोटरसाइकलको पार्किङ्ग रसिद हो भन्दै जवरजस्ती उक्त अर्धकट्टी बिक्री गर्न खोज्दा पक्राउ परेका हुन् ।

आफुले रसिद माग्दा हलुका सवारीलाई रसिद काटेर कम्पनिले राख्नुपर्ने अर्धकट्टीलाई नैं मो.सा.को रसिद हो र लाग्ने पैसा तिरेर गइहाल भन्ने धम्कीपुर्ण अभिब्यक्ति पछि ड्यूटीमा रहेका ट्राफिक प्रहरी मार्फत गैह्र कानुनी तवरले अर्धकट्टी बेच्ने र मनपरी शुल्क उठाउने बिरुद्ध उजुरी गरेको निवेदक ई.सुदीप फुयालले जानकारी दिए ।

उक्त अर्धकट्टी बेचेर रकम असुल्ने ब्यक्ति शुक्रबार देखीे नियन्त्रणमा रही सार्वजनिक अपराधको मुद्घा चलिरहेको महानगरीय प्रहरी वृत, गौशालाले जनाएको छ ।

सामान्यतया सानो कुरा हो भनेर हेलचेक्राई गर्दा यस्ता सामान्य देखिने तर हामीहरुबाट उठाइएको सानो सानो रकमको गलत ठाउँमा जाने हुँदा अनियमितता विरुद्ध आवाज उठाउन जरुरी छ ।

Leave A Reply

Your email address will not be published.