Engineeer Khabar

हुलाकी राजमार्गको निर्माण पुनः शुरु

बाँकेको नेपालगञ्जदेखि कट्कुईयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेपछि निर्मााण कार्यले पुनःगति लिएको छ । संवाद समूह बाँकेको पहलमा त्यस क्षेत्रका स्थानीयसँग भएको छलफलपछि विवाद समाधान गरी लामो समय रोकिएको निर्माण कार्य पुनः शुरु भएको हो ।

सो राजमार्ग सडकखण्डको नरैनापुर गाउँपालिका–५ मटेहियास्थित निर्माण कार्यमा देखिएको अवरोध, सडक नक्साङ्कन, मुआब्जा विवादसम्बन्धी विवाद समाधान गरिएको हो । प्रदेशसभा सदस्य कृष्णा केसी, प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगर, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, हुलाकी राजमार्ग योजनाका पदाधिकारी, नरैनापुर–५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्य उपस्थितिमा सहमति कायम गरिएको छ ।

हाल चालू सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्व बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको (व्यक्तिगत) जग्गा फिर्ता गर्ने प्रक्रियाअघि बढाउने र चालू सडकमा पर्ने जग्गाको मुआब्जा दिने कुरामा लिखित सहमति गरिएको छ ।

हुलाकी राजमार्ग योजनाअन्तर्गत ४४ किलोमिटर सडक दुई खण्डमा विभाजित गरेर विसं २०७३ फागुनदेखि निर्माण थालिएको हो । निर्माण कार्य विसं २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समय सीमामा तोकिएको छ । हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहेपनि पप्पुले सो ठेक्का ६० करोडमा गणपति गु्रप कन्ट्रक्सनलाई दिइएको छ ।

रासस

Leave A Reply

Your email address will not be published.