Engineeer Khabar

इञ्जिनीयरिङ सम्मेलन शुरु

इन्ष्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङ (एआइइ) द्वारा आयोजित दुई दिने अटोमोटिभ इञ्जिनीयरिङ सम्मेलन आजदेखि धुलिखेलमा शुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै सांसद तथा नेकपाका नेता योगेश भट्टराईले सुरक्षित यात्राको लागि आधुनिक प्रविधि भित्र्याउनु पर्ने बताउनुभयो । नेपालको भौगोलिक अवस्थालाई सुहाउँदो यातायातको आधुनिक प्रविधि भित्र्याउनु पर्ने बताउँदै उहाँले विशेष गरी सार्वजनिक यातायातको दुर्घटनालाई कम गर्ने र यात्रुलाई सुरक्षित यात्रा गराउने विषय चुनौतीपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो ।

“सार्वजनिक यातायातमा सुरक्षित यात्राको लागि आधुनिक प्रविधि भित्र्याउनु आवश्यक छ तर नेपालको भूगोललाई सुहाउँदो हुनु प¥यो ।” उहाँले भन्नुभयो, “सुरक्षित यात्रा चुनौतीको विषय रहेको छ, सुरक्षित यात्राको अनुभूत हुने खालको यातायातको साधनको निर्माण तथा अनुसन्धान यस संस्थाले गर्छ भन्ने विश्वासमा छु ।”

विश्व अटोमोबाइल क्षेत्रमा आमूल परिवर्तन भइरहेको अवस्थामा नेपाल पनि अछुतो रहन नसक्ने, विद्युतीय गाडीसम्बन्धी विभिन्न खोज भइरहेको र निर्माण हँुदै गरेको अवस्थामा सवारी साधनमा इन्धन कम गर्ने र सुरक्षित गर्ने विषयमा सो अवसरमा जानकारी गराइएको थियो । युवामा अटोमोबाइल्स उद्यमशीलता कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइने अध्यक्ष पूर्णबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

एक सय ५० भन्दा बढी सहभागी सो सम्मेलनमा काठमाडौँ विश्व विद्यालय, नेपाल अटोमोबाइल्स एशोसिएशन (नासा) र नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्घको साथ रहेको छ । कार्यक्रममा विज्ञ कनकमणि दीक्षित, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक बोर्डका महानिर्देशक, पूर्वमन्त्री लगायतको सहभागिता रहेको थियो ।

रासस

Leave A Reply

Your email address will not be published.