Engineeer Khabar

मन्त्रीद्वारा विधुतगृहको निरीक्षण

0

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज चिलिमे विद्युत्गृहको स्थलगत निरीक्षण गर्नुभएको छ ।

सञ्चार मन्त्री बाँस्कोटाले स्वदेशी पूँजी तथा सीपबाट निर्माण भएको २२ मेगावाट क्षमताको सो विद्युत्गृहको निरीक्षण गर्नुभएको हो ।

विसं २०६० भदौ ८ गतेदेखि उत्पादन शुरु भएको उक्त विद्युत्गृहमा अवलोकनका लागि मन्त्री बाँस्कोटा पुग्नुहँुदा त्यहाँ कार्यरत कर्मचारीले स्वागत गर्दै आयोजनाका प्राविधिक पक्षबारे जानकारी गराउनुभएको थियो । उहाँका साथ रसुवाका पूर्वसांसद्द्वय जनार्दन ढकाल, छोवाङ तेञ्जिङ तामाङ, नेकपाका पार्टी सचिव इन्द्र गोतामेलगायत नेकपाका जिल्लास्तरीय नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

रासस

Leave A Reply

Your email address will not be published.