Engineeer Khabar

खानेपानीको पाइप काटियो

नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा खानेपानीका लागि पाइपलाइन बिछ््याएकै दिन पाइप काटिएको छ । सोमबार विस्तार गरिएको नौ सय मिटर लम्वाई र ३२ एमएमको पाइप त्यही राति काटिएको हो ।

कल्याणपुरको घट्टेखोला मुहानबाट आमथाङस्थित बाँझोगाउँको बस्तीमा ल्याइको खानेपानी पाइपलाई टुक्रा पारी जताततै फालिएको विदुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले सो आयोजनाका लागि रु एक लाख लगानी गरेको थियो । पाइप काट्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रासस

Leave A Reply

Your email address will not be published.