Engineeer Khabar

पाँच किलोवाट बिजुली उत्पादन

पातारासी गाउँपालिका– ३ महरी गाउँमा पाँच किलोवाट बिजुली उत्पादन गरिएको छ । बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन् ।

स्थानीयवासीको श्रमदान तथा रु ७० लाखको लागतमा बिजुली उत्पादन गरिएको हो ।

स्विट्जरल्याण्ड र अमेरिकाको आर्थिक र प्राविधिक सहयोग तथा ग्रामीण एकीकृत विकास सेवा (रिड्स नेपाल)को सहजीकरणमा महरी गाउँमा बिजुली उत्पादन गरिएको हो । गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना तथा ५८ किलोवाट क्षमताको लुम जलविद्युत् आयोजनामा समेत गाउँपालिकाले झण्डै रु एक करोड लगानी गरेको छ ।

रासस

 

Leave A Reply

Your email address will not be published.