Engineeer Khabar

पुनर्निर्माणले गति पायो

0

भूकम्पछिको निजी आवास, सार्वजानिक भवन, पुुरातात्विक सम्पदा एवम् क्षतिग्रस्त सडकको पुनर्निर्माणले गति लिएको छ । निजी आवास पुनर्निर्माण अनुदान वितरणका लागि आठ लाख १८ हजार ८५१ भूूकम्पपीडितको पहिचान भई ९२ प्रतिशतले अनुदान सम्झौता गरेका र अनुदान सम्झौता गरेकामध्ये पचास प्रतिशतले घर निर्माण सम्पन्न गरेको आज यहाँ जारी गरेको आर्थिक सर्वेक्षण २०७५÷७६ को सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा भूकम्पबाट आंशिक क्षति भएका अथवा प्रबलीकरण गर्नुपर्ने निजी आवासका लागि रु एक लाख अनुदान दुई किस्तामा वितरण गर्ने व्यवस्था लागू भएको, फागुनसम्म ६३ हजार १९ प्रबलीकरण लाभग्राही पहिचान भई १८ हजार ३३० लाभग्राहीले सम्झौता गरी प्रथम किस्ताको रु ५० हजार अनुदान प्राप्त गरेको जनाइएको छ ।

निजी आवास पुनर्निर्माणको सूचीमा नपरेका भूकम्पपीडितमध्ये सूचीमा पर्न तीन लाख ६० हजार ४४३ ले गुनासो दर्ता गराएका र तीमध्ये एक लाख ९८ हजार ५९२ गुनासाको पुनरावलोकन भएको तथा गुनासो सम्बोधन गर्ने क्रममा पहिलो चरणमा एक लाख २९ हजार ४१० का निजी आवासको पुनः सर्वेक्षण र पुनः जाँच सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

सर्वेक्षणमा स्थानान्तरण गर्नुपर्ने बस्तीका एक हजार ६५२ पीडितलाई आफ्नो जग्गाको व्यवस्थापन गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न रु दुई लाख थप अनुदानको सुविधा उपलब्ध गराइएको र तीमध्ये ६२८ परिवारलाई सुरक्षित बस्तीका लागि जग्गा उपलब्ध गरिएको छ ।

यस्तै जोखिमयुक्त बस्ती स्थानान्तरण गरी एकीकृत बस्ती विकास लागि २९ एकीृकत बस्तीको योजना स्वीकृत भएको, निजी आवासलगायत पुनर्निर्माणको अन्य कार्यलाई सरल बनाई तीव्र गति दिन ३२ जिल्लाका स्थानीय तहसँग समझदारी भएको सर्वेक्षणले देखाएको छ ।

यसैगरी भूकम्पबाट क्षति भएका सार्वजानिक विद्यालयमध्ये ५६, पुरातात्विक सम्पदामध्ये २९, स्वास्थ्य संस्थामध्ये ५४, सरकारी भवनमध्ये ५४ र खानेपानी आयोजनामध्ये १८ प्रतिशतको पुनर्निर्माण कार्य सम्पन्न भएको सर्वेक्षणमा उल्लेख छ ।

भूकम्पले क्षति पु¥याएका विद्यालयको सङ्ख्या सात हजार ५५३ रहेकामा चार हजार २०१ विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको र दुई हजार ६१९ विद्यालयको पुनर्निर्माण कार्य जारी रहेको छ ।

यस्तै सरकारी भवनको पुनर्निर्माण गर्नुपर्ने ४८३, स्वास्थ्य संस्थाका भवन एक हजार १९७, पुरातात्विक सम्पदा ७५३ र सुरक्षा निकायका भवन ३८३ रहेका छन् । तीमध्ये ३० सरकारी भवन, ६४३ स्वास्थ्य संस्था र १२४ सुरक्षा निकायका भवनको पुनर्निर्माण सम्पन्न भएका सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा भूकम्पबाट काठमाडाँै उपत्यकालगायत सम्पदा क्षेत्रमा १३३ पूर्ण क्षति तथा ६२० आंशिक क्षति भएकामा २२१ पुरातात्विक सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको र धरहरा पुनर्निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । रणनैतिक सडक दोलखा सिङ्गटी, धादिङ गोरखा र पाँचखाल मेलम्ची सडक पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई निर्माण कार्य अगाडि बढेको सर्वेक्षणमा उल्लेख गरिएको छ ।

रासस

Leave A Reply

Your email address will not be published.