Engineeer Khabar

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडक निर्माणका लागि ६१ करोड बजेट

0

सरकारले कान्ति लोकपथ सडक निर्माणकालागि ६१ करोड रुपैयाँ छुट्याएको छ ।

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकारको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गर्नुभएको हो ।

आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गर्नुभएको हो । काठमाडौं-हेटौंडा जोड्ने छोटो दुरीको वैकल्पिक मार्ग कान्ति लोकपथको निर्माण काम अन्तिम चरणमा रहेको छ ।

त्यस्तै मदन भण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड बजेट छुट्याइएको छ भने फास्ट ट्र्याकका लागि १५ अर्ब विनियोजन गरिएको उहाँले बताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.