Engineeer Khabar

इन्जिनियरिङ स्टाफ कलेजको सम्भाव्यता अध्ययन गरिने

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आ.व २०७६/७७ को वार्षिक बजेट पेश गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले नेपाल ईन्जिनियरिङ स्टाफ कलेज संचालनको सम्भाव्यता अध्ययनका लागि  काम अघि बढाईने कुरा उल्लेख गरेका छन ।

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६/७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात् बजेट आज पेश गर्नुभएको हो ।अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको १५ गते सङ्घीय संसद्मा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सभामुख कृष्णबहादुर महराले बैठक शुरु हुनासाथ अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न अनुमति दिनुभएको थियो ।

गत जेष्ठ ५ गते, नेपाल इन्जिनियर्स एशोसिएसनले प्रधानमन्त्री कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय,  अर्थ मन्त्रालय, संघीय मामिला सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित लगायत सरोकारवाला मन्त्रालयका मन्त्रीहरुलाई भेटी इन्जिनियरिङ स्टाफ कलेजको अवधारणा पत्र पेश गरेको थियो ।

हेर्नुहोस मिति जेष्ठ ५ गते प्रकाशित खबर

इन्जिनियरिंग स्टाफ कलेजको अवधारणापत्र पेश: पुरा हेर्नुहोस [अवधारणापत्र सहित]

यसैविच आ.व.२०७६/७७ को वजेटमा ईन्जिनियरिङ पेशाको दक्षता अभिबृद्दी गर्न तथा नयाँ प्रविधिमा अध्यावधिक गराउन ईन्जिनियरिङ स्टाफ कलेजको स्थापनाका लागि सम्भाव्यता अध्ययन गरि काम अघि बढाइने भन्दै बिषेश सम्वोधनका साथ समावेश भएकोमा ईन्जिनियरिङ समुदायले स्वागत गरेको छ। नेपाल ईन्जिनियर्स एसोसिएशन, ३ न प्रदेश कार्यकारिणी समितिका सभापति ई. नन्दलाल बन्जाडेका अनुसार एसोसिएसनको निरन्तर गृहकार्य तथा पहलकदमी संगसंगै सम्पूर्ण इन्जिनियरहरुको चाहनालाइ सरकारले अन्ततः महसुस गरेको छ र ईन्जिनियरिङ स्टाफ कलेजको सम्भाव्यता अध्ययनका लागि  काम अघि बढाईने कुरा स्वागतयोग्य रहेको कुरा इन्जिनियरखबर संग बताएका छन् । एसोसिएसनको गृहकार्यमा ई. नारायण चौलागाई, ई. दिनेश देवकोटा, ई. प्रकाश उपाध्याय, ई. महेन्द्र बहादुर गुरुङ, ई. छबि राज पोख्रेल, ई. नन्द लाल बन्जाडे, ई. चुडाराज ढकाल, ई. कपिल आचार्य, ई. सुरज गौतमलगायतका टोलिले सरकार समक्ष पेश गर्ने अवधारणापत्र तयार पारेका थिए । त्यस्तै ईन्जिनियर्स एसोसिएशनका अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्यले बजेटमा व्यवस्था भएको योजना कार्यान्वयनका लागि  एसोसिएशन सदैव अग्रसर हुदै सकारात्मक पहलको नेत्तृत्व आफूहरुले लिने प्रतिबध्दता समेत व्यक्त गरेका छन।

No photo description available.

Leave A Reply

Your email address will not be published.