Engineeer Khabar

झोलुङ्गे पुल बन्ने भएपछि सन्थालवासी खुशी

0

झापाको गौराहद नगरपालिकास्थित किस्ने खोलामा झुलुङ्गे पुल निर्माण हुने भएको छ । प्रदेश नं १ सरकारको भौतिक मन्त्रालयबाट प्राप्त रु ८२ लाखको लागतमा झुलुङ्गे पुल निर्माण हुन लागेको र यसबाट गौरादह–१ र कमल गाउँपालिका–१ लाई जोड्ने उक्त नगरपालिका–१ का वडाध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।पुल निर्माण भएपछि यहाँका पाँच सयभन्दा बढी घरपरिवार प्रत्यक्ष लाभान्वित हुने भएका छन् । “कमल गाउँपालिका–१ का बासिन्दालाई पुलले धेरै राहत मिल्ने भएको छ”, वडाध्यक्ष भण्डारीले भन्नुभयो, “पुल नहुँदा बर्खाको समयमा तीन किलोमिटर घुमेर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”

Hill Side Ad Banner

कमल–१ का वडाध्यक्ष केदार कटवालले भन्नुभयो, “यहाँ सन्थाल समुदायको बाक्लो बस्ती रहेको र उनीहरूको आर्थिक हैसीयत नाजुक छ”, यहाँका बासिन्दाको नजीकको बजार भनेकै गौरादह बजार हो, पुल नहुँदा उनीहरूलाई घुमाउरो बाटोमा लामो दूरी तय गर्नुपर्ने बाध्यता थियो ।”गौरादह–१ डिठ्ठाचोक पूर्वबाट कमल–१ बाँसबारी जोड्ने झोलुङ्गे पुलको लम्बाइ ९७ मिटर र चौडाइ ६ फिट छ । झोलुङ्गे पुल भए पनि बीचमा दुई वटा पिल्लर रहने र सो पुलबाट साना सवारी साधन (मोटरसाइकल, सिटी रिक्सा, टेम्पो, भेन) सहजै आवत–आवत गर्न सक्ने वडाध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

प्रदेश सरकारबाटै पुलको ठेक्का भइसकेको र आगामी माघसम्ममा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको वडाध्यक्ष भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.