Engineeer Khabar

लोकसेवाको सूचना प्रति ने.इ.ए.को आपत्तिः मन्त्रीलाई ज्ञापनपत्र

मिति २०७६ साल जेष्ठ १५ गते बुधबारको गोरखा पत्र राष्ट्रिय दैनिकमा प्रकाशित स्थानीय तहका बिभिन्न समूहका अप्राविधिक/प्राविधिक तर्फका पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित् परिक्षाको सूचना नं ५३/२०७५-०७६ मा प्राविधिक तर्फ इन्जिनियर पदका लागि आव्हान गरिएको बिज्ञापनमा स्नातक उतिर्ण इन्जिनियरहरुलाई छैठौ तहको लागि पदपूर्ति गर्ने सूचना प्रति इन्जिनियर्स एसोसिएसनले गम्भीर ध्यानाकर्षण गरेको छ ।

उक्त सूचनामा मुलुकका विभिन्न ५१५ स्थानीय सरकारका लागि आवश्यक पर्ने विभिन्न सेवा र तहका ९१६१ पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरिएको छ ।

यसै क्रममा नेपाल इन्जिनियर्स एसोसिएसनले पनि आफ्नो क्षेत्रको मानमर्दन तथा हैसियतमा प्रश्न चिन्ह लगाउने गरी आएको आयोगको सो विज्ञापन प्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।मंगलबार बिहानै मन्त्री निवास पुगेर एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न बज्राचार्य सहित उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा ३ नम्बर प्रदेशका सभापति, सचिब लगायतको टोलिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मन्त्री लालबाबु पण्डितसमक्ष गम्भीर ध्यानाकर्षण गराएका छन्  ।

त्यस्तै चिकित्सा सेवामा भने स्नातक (एम.बि.बि.एस) उपाधि प्राप्त गर्ने व्यक्तिलाइ एकै चोटी आठौ तहको मेडिकल अधिकृत् पदमा सेवा प्रवेश दिने गरेको छ र राज्यले समान उपाधि हासिल गरेका दक्ष जनशक्तिलाइ एकै नजरले नहेरेको आरोप एसोसिएसनले लगाएको छ । स्थानीय तहलाई चुस्त, दुरुस्त र सबलीकरण गर्न इन्जिनियरिंग सेवा भित्रका सिभिल मात्र नभई अन्य सेवा समूहको पनि दरबन्दी कायम गरि समग्र बिकाश गर्न तर्फ जिम्मेवार निकाय लाग्नु पर्ने कुरामा एसोसिएसनले जोड दिएको छ ।

एसोसिएसनको सो भेट पश्चात, सूचनामा केही कमजोरी रहेको स्वीकार गर्दै मन्त्री पण्डिले प्राविधिक क्षेत्रका हकमा आउने समायोजन ऐनले न्याय गर्ने वचन दिएका छन् । त्यस्तै मन्त्री पण्डितले प्रस्तावित संघिय निजामति बिधेयक र मापदण्डहरू मार्फत संघिय, प्रदेश र स्थानियका पदहरूलाई समानस्तर वा तहको बनाइनेछ भन्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

एसोसिएसन संग-संगै जता-ततै यस बिज्ञापन तर्फ आलोचना 

त्यस्तै सो बिज्ञापनले समावेशी विधि निर्देश नगरेको भन्दै उक्त बिज्ञापनको चर्को आलोचना समेत भइरहेको छ । जसमा मधेसी, अपांग, महिला, जनजाति, आदिवासी र पिछडिएको क्षेत्रको निश्चित कोटामा नै प्रश्न चिन्ह खडा भएको छ ।

Image may contain: text

 

 

 

Leave A Reply

Your email address will not be published.