Engineeer Khabar

“इन्जिनियरिंग इनोभेसन एण्ड प्राक्टिसेस” संगोष्ठी भब्य रुपमा सम्पन्न- ने.ई.ए. प्रदेश न ३ [फोटो ग्यालरी सहित]

जेष्ठ २२, चितवन: नेपाल इन्जिनियर्स एशोसिएसन, ३ नं प्रदेश कार्यकारिणी समितिले गत शनिबार भरतपुर स्थित होटेल ग्लोबलमा “इन्जिनियरिंग इनोभेसन एण्ड प्राक्टिसेस” सम्बन्धि आधा दिने संगोष्ठी सम्पन्न गरेको छ ।

नेपाल इन्जिनियर्स एशोसिएसन, ३ नं प्रदेश कार्यकारिणी समितिले काठमाण्डौ बाहिर भरतपुरबाट आफ्नो कार्यक्रम सुरु गरेको छ । एशोसिएसनका उपसभापति ई. दिल्ली राम  भट्टले उपस्थित सम्पूर्ण इन्जिनियरतथा आर्किटेक्टहरुलाई स्वागत गर्दै, ने.ई.ए. प्रदेश न ३को तर्फबाट हार्दिक आभार संगै स्थानीय केन्द्र गठनका लागि शुभकामना व्यक्त गरेका थिए ।

एशोसिएसनका सभापति तथा कार्यक्रमका संयोजक ई. नन्दलाल बन्जाडेले अब छिटै नै स्थानीय केन्द्रहरुको स्थापना गरि एशोसिएसनको कामकाजलाई अझ द्रुत गतिमा अगाडी बढाउने जानकारी गराएका थिए  । त्यस्तै कार्य्रक्रमका बिशेष अतिथि एशोसिएसनका केन्द्रीय महासचिब ई. छबिराज पोख्रेलले कार्यक्रमको शुभकामना संग-संगै ने.ई.ए. ले समग्र इन्जिनियरहरुको समस्यालाइ  सम्बोधन गर्न कटिबद्ध रहेको जानकारी गराएका थिए  ।

कार्यक्रममा ३ जना प्रस्तोताको प्रस्तुतिहरु पेश गरिएको थियो । कार्यक्रमको पहिलो प्रस्तुति “इन्जिनियरका लागि नेतृत्व तथा व्यवस्थापन” संग सम्बन्धित थियो जसको प्रस्तुति ई. हरि भण्डारीले गर्नु भएको थियो। इन्जिनियरहरुले  व्यवस्थापन पक्षमा महत्वपूर्ण भूमिका राख्ने संग-संगै ठुला ठुला आयोजनाहरुको नेतृत्व गर्न सबल समेत रहने प्रस्तुति ई. भण्डारीले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै इन्जिनियरहरुले आफुले कार्य सम्पादन गर्दा व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरा हरुको बारेमा समेत प्रकाश पारिएको थियो।

त्यस्तै, युबा बैज्ञानिक ई.दिपेन्द्र गौतमले हावाहुरी पिडितहरुको लागि कम लागतको बहुप्रकोपीय उत्थानशिल घर (मल्टी हजार्ड रेसिलीएन्ट लो-कस्ट हाउसिंग फर स्टोर्म पर्भाना भिक्टिम) सम्बन्धि प्रस्तुति दिएका थिए । बारा-पर्सामा आएको हावाहुरी पश्चात स्थलगत अध्ययन गरेका ई. गौतमले त्यहाँको बस्तुस्थितिको जानकारी संग-संगै सो हावाहुरीले पारेको बिभिन्न किसिमको क्षतिको बारे चर्चा गरेका थिए । त्यस्तै उक्त विपदको भोगाई तथा सिकाईलाइ हामीले अनुसरण गर्दा भबिस्यमा यस्ता विपदबाट जोगिन अपनाउनुपर्ने कुराहरुको जानकारी ई. गौतमले दिए । त्यस्तै, एकदम कम लागतमा  हावाहुरीको प्रभाबबाट जोगिन सक्ने घरको मोडेल र त्यसको सान्दर्भिकतामा बारेमा समेत ई. गौतमले चर्चा गरेका थिए ।

कार्यक्रमको बिचमा कार्यक्रमका प्रायोजक नेपाटपले आफुले उत्पादन गरेका विभिन्न किसिमका सामग्रीहरुको बारेमा चर्चा समेत गरेको थियो । ने. ई. ए. प्रदेश न ३ का सचिब ई. प्रदिप अधिकारीले आफुहरु निर्वाचित भएदेखिका कामकार्यहरुको बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रमको अन्तिम प्रस्तुति अन्तर्गत भेरी-बबई डाईभर्सन प्रोजेक्टमा टनेल बोरिंग मेसिनबाट गरिएको सुरुंग उत्खननको अनुभब तथा सिकाईको बारेमा कवालिटी कन्ट्रोल इन्जिनियर,  ई. जगदिश्वर मान श्रेष्ठले जोडदार प्रस्तुति गरेका थिए । नेपालको रास्ट्रिय गौरवको आयोजनाको प्रोजेक्टहरु मध्ये समय अगाबै कार्यसम्पादन सकिएको यस प्रोजेक्ट एउटा उदाहरणीय प्रोजेक्ट रहेको जिकिर ई. श्रेष्ठले गरे । त्यस्तै उक्त प्रोजेक्ट सम्पन्न गर्न इन्जिनियर लगायतका जनशक्तिहरुले खेलेको उल्लेखनीय भूमिकाको बारेमा समेत चर्चा गरिएको थियो । त्यस्तै  टनेल बोरिंग मेसिन प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरुको जानकारी दिदै ई. श्रेष्ठले सो प्रोजेक्टको दौरान आफुले भोगेका समस्या तथा अनुभवहरु समेत प्रस्तुत गरे । बारुद पड्काउदै सुरुंग खनिने प्रक्रियाका बेफाइदाहरु र टनेल बोरिंग मेसिन प्रयोग गर्दा हुने फाइदाहरुको बारेमा चर्चा गर्दै, यस प्रविधिले निकै सहज रुपमा युगान्तकारी परिवर्तन गर्न सक्ने दाबि समेत ई. श्रेष्ठले गरे । उक्त प्रोजेक्टको सफलताले नै अब नेपालमा टनेल बोरिंग मेसिन युग सुरुभएको जिकिर गर्दै अब चाडै नै सुनकोशी-मारिन प्रोजेक्टमा समेत यसको उपयोग गर्न सकिने बारे प्रकाश समेत पार्नुभयो ।

कार्यक्रममा उल्लेखनीय संख्यामामा चितवन कार्यक्षेत्र बनाएका इन्जिनियर तथा आर्किटेक्टहरुको उपस्थिति थियो । त्यस्तै कार्यक्रममा यस अघिका चितवन च्याप्टरका पुर्व अध्यक्ष ई बाबुराम उपाध्याय, ई. हरि भण्डारी लगायतका सिनियर इन्जिनियरहरुको समेत उपस्थिति रहेको थियो ।

 

[फोटो_ग्यालरी]

Leave A Reply

Your email address will not be published.