Engineeer Khabar

नियन्त्रणमा आउन सकेन डेंगु, इन्जिनियरिङ क्याम्पसका विद्यार्थी प्रभावित

0

जेष्ठ २५, धरान । धरान ८ र १५ नं मा एकाएक डेंगुको संक्रमण बढ्दै गएपछि पूर्वाञ्चल इन्जिनियरिंग क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीहरु पठन–पाठन छाडेर उपचारका लागि आ–आफ्नो घर तर्फ लागेका छन् । क्याम्पसमा अध्ययनरत सिभिल इन्जिनियरिङ पहिलो वर्ष र दोस्रो वर्ष, मेकानिकल इन्जिनियरिङ पहिलो वर्ष र इलेक्ट्रिकल इन्जिनियरिङ पहिलो वर्षका विद्यार्थीहरुले कक्षा छाडेर घर तिर लागेका छन्  ।

धरान उपमहानगरपालिका क्षेत्रमा डेंगुको संक्रमण दिनानु दिन बढ्दै गएको छ । जेठको पहिलो साताबाट डेंगुका बिरामी देखा पर्न थालेको धरानमा अहिलेसम्म संक्रमितको संख्या २ सय २८ पुगेको छ जसमध्ये इन्जिनियरिंग क्याम्पसका विद्यार्थीको संख्या ४० को छेउछाउ पुगिएको अनुमान छ । डेंगु संक्रमितको संख्या दिनानु दिन बढ्दै गएपछि धरान उपमहानगरले वडा नं. १५ र ८ लाई ‘डेंगु संकटग्रस्त वडा’ घोषणा गरेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख तथा डेंगु नियन्त्रणका लागी बनेको ¥यापिड रेस्पोन्स टिमका प्रबत्ता रामबाबु यादवका अनुसार प्रभावकारी अभियान सञ्चालन गर्न अरु १० वटा टिम गठन गरिएको बताएका छन् । उनका अनुसार विपि कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरानका विद्यार्थीहरु एक टिममा २ जना रहने गरी १० टिम गठन गरिएको छ । उक्त टिमले स्थानीयबासीसँग मिलेर डेंगुका लार्भा नष्ट गर्ने अभियान चलाउने र जनचेतना समेत जगाउने छ ।

अनेरास्ववियु क्याम्पस कमिटि सल्लाहकार किशोर कटवालसंगको कुराकानी अनुसार विद्यार्थीहरुले सो समस्या पश्चात शिक्षकसँग समन्वय गरेर घर फर्केका छन् । बढ्दो संक्रमणको अवस्थामा क्याम्पसले पनि आवश्यक  पहल गर्न अत्यावश्यक देखिएको कटवालले बताए । पछिलो समय धरानको ८ नं. वडालाई उपमहानगरपालिकाले ‘डेंगु संकटग्रस्त वडा’ घोषणा गरिसकेको र क्याम्पसमा ५० भन्दा बढी विद्यार्थीमा डेंगु देखिएकोले क्याम्पसले तुरुन्तै आवश्यक कदम चलाउन आवश्यक देखिएको कुरा जिकिर गरे । क्याम्पसप्रमुखसंग बिदाको लागि पहल भइरहेता पनि यस बारे केहि आधिकारिक धारणा भने आएको छैन । क्याम्पस प्रमुखले भने विश्वविद्यालयका डिन र धरान उपमाहनगरपालिकासँग समन्वय भइरहेको र यसबारे आइतबार  मात्रै निर्णय हुने बताए ।

Hill Side Ad Banner

यता क्याम्पसका विद्यार्थीहरुले ८ नं. वडाका विभिन्न क्षेत्रमा लार्भा नष्ट गर्ने अभियानमा लागि रहेका छन् । उनीहरुले (आज) शनिबार पनि वडाका विभिन्न स्थानमा पुगेर लार्भा नष्ट गर्ने तथा सचेतना जगाउने काम गरेका थिए ।

डेंगु विरुद्ध अभियान उपमहानगरपालिका र जनप्रनिधिले ‘सेन्सेटाइजेसन’ गर्न नसकेको ¥यापिड रेस्पोन्स टिमका सदस्य तथा वीपी प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका बरिष्ठ सहायक अधिकृत महेश्वर राईले बताए । उनले भने,‘डेंगुले महामारीको रुप लिन थालेको छ । यति समय वितिसक्दा उपमहानगरपालिकाले १० जनाभन्दा बढी सदस्यको टोलीहरु बनाएर कम्तिमा ५०/६० वटा टोली धरानभरी परिचालन गर्नुपर्दथ्यो । तर के मा के नमिलेर हो सकेको छैन ।’

धरानमा टाइप ‘टु’ डेंगु धरानमा अहिलेसम्म देखिएको डेंगुको संक्रमण टाइप ‘टु’ मात्र भएको चिकित्सकहरुले बताएका छन् । धरानमा देखिएको डेंगुको भाइरस टाइप टु(डेन टु) मात्र भएको पुष्टि भएको छ । प्रतिष्ठानको माइक्रोवायोलोजी विभागसँग भएको डेंगु किट(रिएजेन्ट)मा परीक्षण गर्दा टाइप टु(डेन टु) भाइरस मात्र भएको पत्ता लगेको अस्पताल निर्देशक डा. गौरीशंकर साहले जानकारी दिए । उनका अनुसार एउटै प्रकारको भाइरस डेन टुबाट धरानमा डेंगु संक्रमण फैलिएको छ । ‘यो अहिले जोखिमको अवस्था होइन । तर, मनसुन पछि पुनः डेंगु संक्रमण फैलिनसक्ने र त्यसबेला अर्को प्रकारको भाइरसको संक्रमण भयो भने चै खतरा हुन्छ,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.