Engineeer Khabar

रुपगाड पुल बाढीले बगायो

भारी वर्षाका कारण डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा आएको बाढीले पुल बगाएको छ । पुल बगाएपछि जाजरकोट–डोल्पा सडकखण्डभित्र आवतजावत अवरुद्ध भएको छ ।

जुफाल विमानस्थलबाट दुनै आवतजावतका साथै तल्लो डोल्पाबाट दुनै आउने बाटो अवरुद्ध भएको बताइएको छ । एक महीनाअघि मात्र निर्माण गरिएको पुल बाढीले बगाएपछि रुपगाडको दुई किनारामा यातायातका साधनहरु अलपत्र परेका छन् । बाढीले पुल बगाउँदा आवतजावतमा समस्या भएको स्थानीय वीर्खबहादुर रोकायले जानकारी दिनुभयो ।

रासस

Leave A Reply

Your email address will not be published.