Engineeer Khabar

निस्दीमा सौर्य बत्ती वितरण अभियान

0

पाल्पाको निस्दी गाउँपालिकाका विभिन्न स्थानमा प्रदेश नम्बर ५ सरकारले सौर्य बत्ती वितरण अभियान नै थालेको छ ।

निस्दी–४ मा जिल्लामै पहिलोपटक सोलारमार्फत लिफ्टिङ् खानेपानी योजना तथा आइतबार निस्दी अर्चलेमा ९३ घरपरिवारमा सौर्य बत्ती प्रदान गरेको प्रदेश नम्बर ५ सरकारले  पुनः निस्दीकै सहलकोटमा पनि वितरण गरेको छ ।

निस्दी–२ सहलकोटका करीब ५३ घरपरिवारलाई टुकी रहित बनाउनका निम्ति २० वाट क्षमताका सौर्य बत्ती प्रदान गरिएको गगनसिं दर्लामीले जानकारी दिनुभयो । प्रदेश नम्बर ५ सरकारको ९० प्रतिशत अनुदान तथा १० प्रतिशत स्थानीय नागरिकको सहयोगमा सौर्य बत्ती प्रदान गरिएको प्रदेश सांसद युवराज खनालले जानकारी दिनुभयो । निस्दी गाउँपालिकाको वडा नम्बर २, ६, ७ लगायतका क्षेत्रमा सोलार वितरण कार्यक्रम रहेको उहाँको भनाइ छ । टुकीको भरमा जीवनयापन गरेका नागरिक सौर्य बत्ती पाएपछि खुशी छन् ।

रासस

Leave A Reply

Your email address will not be published.