Engineeer Khabar

धौलागिरी श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम हुँदै

काठमाण्डौ, असार १३: असार १५ को उपलक्ष्यमा असार १४ गते काठमांडौमा रहेका धौलागिरी क्षेत्रका राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा परिचय बनाएका प्रशस्त कलाकारहरुले विशेष सांगितिक प्रस्तुती संगै सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सो कार्यक्रमको आयोजना धौलागिरी समाज नेपाल, धौलागिरी सांस्कृतिक समितिले गर्ने भएको छ । धौलागिरी समाज नेपालले धौलागिरी क्षेत्रबाट काठमांडौमा आई पेशा तथा व्यवसायमा आवद्ध एवं स्थायी बसोबास गर्ने बृहत समुदायलाई धौलागिरी क्षेत्रको विकासमा जोड्ने अभियान धौलागिरी समाज नेपालले चलाईरहेको छ ।

समाजका सबै पक्षहरुलाई भावनात्मक एकताको मालामा जोड्दै विशेष गरी नेपाल सरकारका संघ, प्रदेश र स्थानीय सरकारबाट ग्रामीण क्षेत्रमा प्रशस्त विकासका पूर्वाधारहरु निर्माणको लागि समेत आफ्नो क्षेत्रबाट धौलागिरी समाज नेपालले प्रयास गरिरहेको छ ।

मध्यपहाडी लोकमार्ग, कालीगण्डकी कोरिडर, सालझण्डी  ढोरपाटन सडकले धौलागिरी क्षेत्रलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय महत्वको रणनीतिक क्षेत्रको परिचय दिँदै गरेको अवस्था र विशेष गरी पोखरा, ढोरपाटन शिकार आरक्ष, लुम्बिनी र मुक्तिनाथको बीचमा रहेका अनेकन संभावनाहरुलाई राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार गर्दै यस क्षेत्रको विकासमा हरेक जनतालाई जोड्न धौलागिरी समाज नेपाल प्रयासरत रहेको छ ।

सो कार्यक्रममा “सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको….” गीत एवं प्रशस्त जनताका गीतहरु गाउने जनगायक जीवन शर्मा, “सालको पात टपरी हुनी …….जाम सुस्तइ….माछा मीठो दरम खोलको”, लगायतका गीतहरुबाट चर्चामा रहेका बसन्त थापा, “हेर्दा हेर्दै कान्छीले, सोले डाँडा काट्यो मायाँले …….” लगायतका सयौं गीतहरु गाउनुभएका खड्ग गर्बुजा,  “बोल ……बोल एकबचन बोल….गलबन्दी च्यातियो तिम्ले तानेर..” लगायतका गीतबाट चर्चामा रहेका प्रकाश सपुत,  , “जापान टोकियो…..” लगायतका गीतबाट चर्चामा रहेका कलाकार बिमल राज क्षेत्री ,  “परदेशीको मन……..कति सोझो मेरो मन” लगायतका गीतबाट चर्चामा रहेका कलाकार कुलेन्द्र विश्वकर्मा लगायतका दर्जनौं कलाकारहरुले विशेष सांगितिक प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

सो  कार्यक्रममा धौलागिरी साधना सम्मानबाट बरिष्ठ कलाकारहरु जीवन शर्मा, खड्ग गर्बुजा र विमल राज क्षेत्रीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ भने धौलागिरी यूवा सम्मानबाट कुलेन्द्र विश्वकर्मा, बसन्त थापा र सर्जक नवराज पन्तलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस बाहेक पनि विशेष पुरष्कारबाट थप कलाकारहरु एवं राष्ट्रिय स्तरबाट बरिष्ठ कलाकार भक्तराज आचार्यलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रममा धौलागिरी क्षेत्रका बरिष्ठ व्यक्तित्वहरु एवं बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र सांगितिक क्षेत्रका हस्ती शम्भुजीत बास्कोटा लगायतका कलाकारहरुले आतिथ्यता जनाउने जानकारी आयोजकले इन्जिनियरखबरमाझ दिएको छ ।

धौलागिरी क्षेत्रको कला र संस्कृतिलाई गाउँ गाउँ बस्ती बस्ती, देश तथा विदेशका शहरहरुमा व्यापक रुपमा घन्काउँदै धौलागिरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा व्यापक अभियान चलाई यस क्षेत्रको आर्थिक विकासमा प्रत्यक्ष जोडिने प्रतिवद्धता धौलागिरी समाज नेपाल, धौलागिरी सांस्कृतिक समितिले लिएको छ । यस्ता खाले कार्यक्रमहरु आगामी दिनमा व्यापक रुपमा धौलागिरी अन्र्तगत बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा गर्ने योजना समेत समितिको रहेको छ ।

धौलागिरी पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष खिमानन्द कँडेलज्युले “धौलागिरी क्षेत्रलाई विशेष माया गर्नुहुने समाजसेवी, बरिष्ठ ब्यक्तित्वहरु, राजनीतिज्ञहरु, विद्यार्थीहरु, कलाकारहरु एवं सम्पूर्ण महानुभावहरुलाई यही असार १४ गते दिउसो १ः०० बजे देखि साझ ५ बजेसम्म हुने उक्त सांगितिक कार्यक्रममा (ओपेरा रेष्ट्रोँ एण्ड ब्यांकेट, बालुवाटारमा दिउसो १ बजे) उपस्थित हुन् अनुरोध गरेका छन् ।”

तस्बिर : गाईघाट झरना, तारा खोला, बाग्लुंग

Leave A Reply

Your email address will not be published.